पोखरामा निषेधाज्ञा उलंघन गर्ने ८ सय जना प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

पोखरामा निषेधाज्ञा उलंघन गर्ने ८ सय जना प्रहरी नियन्त्रणमा


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

स्थिति भयावह हुन् नदिन वैशाखसम्म जारी गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख महिना भरसम्मका लागि समय थपिएको थियो ।

शनिबारबाट थप गरिएको निषेधाज्ञामा प्रशासनले कडाइ गरेको छ । अनावश्यक हिँडडुल गर्ने झन्डै ८ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना काम हिड्ने तथा कार्यस्थलमा जान हिँडेका मजुदरलाई समेत रोक लगाइएको छ ।

प्रशासनले शानिबारदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने आदेश जारी गरेकाले कार्यस्थलमा जान हिडेँका व्यक्तिलाई समेत रोक लगाइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले बताए ।

पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेश र कोरोना संक्रमणको जोखिमको बारेमा सम्झाएर पठाइएको उनको भनाइ छ । त्यसबाहेक अनावश्यक हिडडुल गर्ने पैदल यात्री तथा साइकल यात्रीलाई होल्ड गराएर चेतावनी दिइएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : ५३ बजे

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै