कसरी जुट्छ निःशुल्क खाना वितरणको खर्च ? | Khabarhub Khabarhub

कसरी जुट्छ निःशुल्क खाना वितरणको खर्च ?


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बन्दी सहायता नेपाल’ की अध्यक्ष इन्दिरा राणा निषेधाज्ञाका कारणले सडकमा आएका मानिसहरूलाई खाना खुवाउन तनमनले खटेकी छन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न कडा निषेधाज्ञा जारी भएपछि दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका मानिसहरू खानाका लागि दाता खोज्दै आउन थालेका छन् ।

राणाले गत वर्षको लकडाउनमै निःशुल्क खाना वितरण शुरू गरेकी हुन् । उनका अनुसार ‘बन्दी सहायता नेपाल’ ले अहिले दैनिक सात सयभन्दा बढीलाई खाना खुवाउँदैछ । कुनै दिन यो संख्या एक हजारसम्म पुग्छ ।

दैनिक सात सयदेखि हजार जनासम्मलाई एक छाक खानाको सामग्री किनमेल गर्न, खाना पकाउन, बट्टामा प्याक गर्न, ठाउँठाउँमा पुगेर वितरण गर्न कति जनाले काम गर्नुपर्छ ? कति खर्च लाग्छ ? यस्तो खर्चको रकम कहाँबाट जुट्छ ? यी स्वाभाविक जिज्ञासाहरू हुन् ।

राणाका अनुसार उनको टिममा उनीसहित १२ जनाले काम गर्छन् । यीमध्ये धेरै जसो स्वयंसेक छन् । केहीले पारिश्रमिक पाउँछन् । खाना वितरणका लागि ठाउँठाउँमा पुग्न भाडाको ट्याक्सी प्रयोग हुन्छ ।

राणाका अनुसार यो सत्कर्मका लाग्ने खर्च देश तथा विदेशमा रहेका सहयोगी नेपालीहरूबाटै जुट्छ । उनको व्यक्तिगत तथा संस्थागत आह्वानमा खर्च जुटेको छ । उनले भनिन्, ‘हामीले पकाएर खुवाउने जिम्मेवारी लिएका मात्र हौँ खर्च त देश–विदेशमा भएका नेपाली दाजुभाइहरूले नै गर्नुभएको हो ।’

राणाका अनुसार उनको संस्थाले ३८६ दिनमा ५ लाख ५ हजार जनालाई खाना खुवाउँदा एक करोड ३० लाख रुपैयाँ खर्च भयो । यसमा ८५ लाख रुपैयाँ नगद र १५ लाख जतिको जिन्सी गरेर १ करोड रुपैयाँ सहयोग आएको र ३० लाख रुपैयाँ ‘बन्दी सहायता नेपाल’ ले खर्च गरेको उनले बताइन् ।

राणाका अनुसार खाना खाएका व्यक्तिको गन्ती प्याकेटको गन्तीबाट हुन्छ । गत १६ गते शुरू भएको निषेधाज्ञामा भएको खानाको खर्चको हिसाब गर्न बाँकी रहेको उनले बताइन् । सहयोग भने जुट्दै छ । उनले भनिन्, ‘यस पटक धेरै सहयोग उठेको छैन तर उठ्ने क्रम जारी छ ।’

राणाका अनुसार पहिलो पटकको लकडाउनमा धेरै सहयोग आएकाले हप्तामा एक पटक मासुसहितको खाना वितरण गरिएको थियो । यसपटक सहयोग कम नउठेकाले शाकाहारी खानामात्र वितरण गरिएको छ ।

उनका अनुसार शाकाहारी खानामा प्रतिव्यक्ति ३० रुपैयाँ जति खर्च हुन्छ । हाल उनको संस्थाले एका छाक खानामा २५ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च गरेको छ ।

अर्को संस्था ‘हाम्रो टिम नेपाल’ ले पनि गत वर्षको लकडाउनमै खाना खुवाउन थालेको हो । संस्थाका सचिव लक्ष्मण सिंह धामीका अनुसार खानासम्बन्धी कामको टोलीमा ३० जनासम्मले काम गर्छन् ।

‘हाम्रो टिम नेपाल’ को स्रोत पनि देश तथा विदेशका सहयोगी नेपालीहरू नै हुन् । संस्थाका सदस्यहरूले पनि सहयोग गर्छन् । धामी भन्छन्, ‘हामी दाताहरूको सहयोगले र आफ्ना सदस्यहरूबाट आएको सहयोगले खाना वितरण लगायतका काम गर्छौं ।’

‘हाम्रो टिम नेपाल’ का सदस्यले संस्थालाई मासिक एक सय रुपैयाँ अनिवार्य बुझाउनुपर्छ । धामीका अनुसार संस्थामा हाल ११ सय जना सदस्य छन् ।
पाँच सय जनालाई एक छाक खानामा दैनिक सरदर २५ हजार रुपैयाँ खर्च लाग्ने गरेको उनले बताए ।

धामीका अनुसार ‘हाम्रो टिम नेपाल’ निःशुल्क अक्सिजन वितरणको काम पनि शुरू गरेको छ । यो समूहले अग्नि पीडित, बाढी पीडित लगायतका प्रकोप पीडितहरूलाई सहयोग गर्दै आएको छ ।

सरकारी निकायबाट भने कुनै सहयोग नलिएको ‘बन्दी सहायता नेपाल’ की अध्यक्ष राणा र ‘हाम्रो टिम नेपाल’ का सचिव धामीको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन