विद्यालयलाई जग्गा किन्न २१ लाख संकलन | Khabarhub Khabarhub

विद्यालयलाई जग्गा किन्न २१ लाख संकलन


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली- रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरिदको लागि झण्डै २१ लाख जुटेको छ ।

भवन बनाउन आवश्यक पाच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्व विद्यार्थीको पहलमा शुरु गरिएको चन्दा सङ्कलनको एक महिनामा रु.२० लाख ९२ हजार जम्मा भएको प्रचारप्रसार विभागका संयोजक शशी डङ्गोलले जानकारी दिए  ।

उतरगया गाउँपालिका–५ घर भएर हाल बेल्जियम निवासी मीरा डङ्गोलले रु.एक लाख एक सय दिएर शुरु भएको सो अयिभानमा गाउँपालिका लेखनाथ अधिकारीले  एक लाख एक हजार १५५ सहयोग गरेका छन् ।

हालसम्म १९८ दाताबाट सहयोग जुटेको छ । रकम सङ्कलन अभियान अहिलेको निषेधाज्ञाको समयमा पनि जारी रहेको शिक्षक गणेश श्रेष्ठले बताउनुभयो ।

विसं. २००७ मा स्थापना भएको उक्त विद्यालयमा भवन र आवासीय संरचना बनाउन नेपाल सरकारबाट एक करोड ५० लाख बढी रकम बजेट सुनिश्चित भएको छ । सोही कारण जग्गाको जाहो गर्न लागिएको हो ।

स्थानीय वसन्त आचार्यसँग चार रोपनी जग्गा ७६ लाख ८० हजारमा खरिद गर्न दाताबाट सङ्कलन भएको रकमबाट विद्यालयले १० लाख अग्रिम भु्क्तानी दिइसकेको व्यावस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिए ।

जग्गा खरिदसहित पूर्वविद्यार्थीले स्मारक, वालउद्यान लगायतका संरचना निर्माण गर्न सहयोग अभियान चलाएको विदुर निवासी पूर्वविद्यार्थी मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार अभियानमार्फत एक करोड सङ्कलन गर्ने लक्ष्य छ । निलकण्ठ मावि रसुवा र नुवाकोट दुवै जिल्लाका विद्यार्थीका लागि पायक पर्नेछ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : १५ बजे

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट