फलाममा सुनको जलप लगाएर ठगी गर्ने एक पक्राउ | Khabarhub Khabarhub

फलाममा सुनको जलप लगाएर ठगी गर्ने एक पक्राउ


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली सुन देखाएर सक्कली सुन र पैसा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबीभ्याली गाउँपालिका–१ तिपलिङ्ग घर भई हाल काठमाडौं टोखा–३ मा बस्ने २२ वर्षीय पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई पक्राउ गरेको हो।

तामाङले विभिन्न ब्यक्तिहरूलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : १५ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार