सञ्चारमन्त्री गुरुङद्वारा हिमाल आरोही टोलीलाई बिदाई | Khabarhub Khabarhub

सञ्चारमन्त्री गुरुङद्वारा हिमाल आरोही टोलीलाई बिदाई


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोही टोलीलाई बिदाई गरेका छन् ।

मन्त्रालयद्वारा बिहीबार आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गरेका हुन् ।

दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण शुरू गर्ने छन् ।

कार्यक्रमम मन्त्री गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आरोहीको टोलीले तीन वर्षभित्र सातै महादेशमा हिम आरोहण गर्ने योजना राखेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०