कतार एयरवेज र जेटब्ल्यूद्वारा रणनीतिक साझेदारी विस्तार | Khabarhub Khabarhub

कतार एयरवेज र जेटब्ल्यूद्वारा रणनीतिक साझेदारी विस्तार


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले जेटब्ल्यूसँग आफ्नो रणनीतिक कोडशेयर साझेदारीको विस्तार घोषणा गरेको छ ।

यो साझेदारीसँगै अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा हुने जनाइएको छ।

संयुक्त राज्य अमेरिका र दोहा बीच १९ अप्रिल २०२० देखि र दोहाभन्दा बाहेकका अन्य गन्तव्यहरूको लागि १ मे २०२० देखि सञ्चालन हुने कोडशेयर उडानहरूको लागि बिक्री सुरू भइसकेको छ ।

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी थियरी एन्टिनोरीले भने, ‘महामारीको बावजुद पनि कतार एयरवेजले आफ्ना रणनीतिक एयरलाइन्स साझेदारहरूसँग बलियो सम्बन्ध बनाई संयुक्त राज्यको उपस्थिति विस्तार गर्ने क्रमलाई जारी राख्दै तीव्र वृद्धि भइरहेको नेट्वर्कमा १३० भन्दा बढी गन्तव्यहरू सुनिश्चित गरेको छ ।’

उनले जेटब्ल्यूलाई ग्लोबल नेटवर्कमा स्वागत गर्दै अमेरिकी यात्रुहरूलाई मध्य पूर्वको विमानस्थलबाट अन्तर्राष्ट्रिय गन्तव्यहरूको सुविधा प्रदान गर्न पाउँदा अत्यन्तै खुशी भएको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ४ : १४ बजे

मधेशका मुख्यमन्त्री यादवले चौथोपटक पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक