कोरोना महामारीमा नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता : प्रधानमन्त्री मोदी | Khabarhub Khabarhub

कोरोना महामारीमा नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता : प्रधानमन्त्री मोदी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै स्रोत–साधनमा निर्भर भई नागरिकको जीवनरक्षा गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

रायसीना संवादको छैटौं संस्करणको उद्घाटन समारोहलाई भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीको यो महाव्याधिबाट जनतालाई बचाउन सरकारको हर प्रयास जारी रहेको बताएका हुन् ।

उनले भने, ‘महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास गरेका छौँ। १ अर्ब ३० करोड भारतीय जनतालाई महाव्याधिबाट बचाउने प्रयास जारी राखेका छौँ । साथसाथै हामीले अरुलाई पनि महामारी विरुद्ध लड्न सहयोग गरेका छौँ ।’”

उनले कैयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको बताए । उनले महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवम् साधन-स्रोत सिंगो मानव समुदायसँग बाँड्ने बताए ।

सो उद्घाटन समारोहमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्री प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । समारोहमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले पनि सहभागिता जनाएका थिए ।

यसैगरी फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्यान्ड, टर्की र भुटानका परराष्ट्रमन्त्रीले पनि सो संवाद कार्यक्रममा उपस्थिति जनाएका थिए ।

सन् २०१६ बाट शुरु भएको र प्रत्येक वर्ष आयोजना हुने रायसीना संवाद भू–राजनीति र भू–अर्थसँग सम्बन्धित विषयमा सम्बन्धित रहेर गरिन्छ । सम्मेलनलाई भारतको विदेश मामिला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गर्दै आएका छन् ।

कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिका कारण यो वर्षको सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरिएको हो । संवादको विषय ‘भाइरल वर्ल्ड : आउटब्रेक, आउटलेयर्स एण्ड आउट अफ कन्ट्रोल रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : २८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका