कोरोना संक्रमण बढेपछि दिल्लीमा 'विकेन्ड कर्फ्यू' | Khabarhub Khabarhub

कोरोना संक्रमण बढेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । कोरोना संक्रमण बढेपछि भारतको दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले यो निर्णय लिएका हुन् ।

आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै मुख्यमन्त्री केजरीवालले मल, जिम, स्पा तथा सभागृह तत्काललाई बन्द गर्ने निर्णय भएको बताए ।

नयाँ नियमअनुसार सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोल्न अनुमति दिइएको छ ।

११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ संक्रमित फेला परेका थिए । ८ अप्रिलदेखि १४ अप्रिलमा यो संख्या बढेर ७६ हजार ८७० पुगेको थियो ।

यो सिजन विवाहको सिजन भएकाले विवाह समारोहमा सहभागी हुनका लागि ई–पासको व्यवस्था गरिने भएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए । यही अवधिमा ९ हजार ९५२ जना निको भएका छन् भने १०४ जनाको मृत्यु भएको छ । अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार संक्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीको सहयोगमा ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  २ : ३६ बजे

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक