भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द | Khabarhub Khabarhub

भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भइरस (कोभिड-१९) को संक्रमण बढेपछि भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। त्यस्तै १२ कक्षाको परीक्षा स्थगित भएको छ ।

शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले सामाजिक सञ्जालमार्फत् कक्षा १० को नतिजा आन्तरिक मूल्याङ्कतमार्फत गरिने र त्यसको लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्डले मापदण्ड तयार पार्ने जानकारी दिए।

त्यस्तै उनले कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको र यसको विषयमा पछि थप निर्णय गरिने बताए । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले समीक्षा गर्ने बताए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि शिक्षा मन्त्रालयले परीक्षाको विषयमा निर्णय गरेको हो। मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले कोरोना संक्रमण बढेको कारण माध्यमिक शिक्षा परीक्षा रद्द गर्न अपिल गरेका थिए।

केन्द्रीय माध्यमिक शिक्षा बोर्डले लिने परीक्षा ४ देखि १४ मे सम्म सञ्चालन हुने तय गरिएको थियो।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : ०८ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।