गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध आजै अविश्वास प्रस्तावको तयारी | Khabarhub Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध आजै अविश्वास प्रस्तावको तयारी



पोखरा– गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेस नयाँ गठबन्धनमा कस्सिएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले आज संसद सचिवालयमा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विष्णु लामिछानेले बताए । नेपाली कांग्रेसले आज विहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हरीबहादुर चुमान र कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले मन्त्री पदबाट राजीनामा दिए पनि जनमोर्चाको साथ पाएर गुरुङ नेतृत्वको सरकार टिकेको थियो ।

माओवादी केन्द्रले आफ्ना केन्द्र तथा प्रदेशका मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि मात्रै गण्डकी प्रदेशका दुई मन्त्रीले केहीअघि राजीनामा दिएका थिए । माओवादी मन्त्रीको राजीनामापछि मुख्यमन्त्री गुरुङले जनमोर्चालाई मन्त्री बनाउने तयारी पहल गरेका थिए ।

बुधबार मात्रै राजमोले मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा रहने निर्णय सार्वजनिक गरेलगत्तै कांग्रेसले आफ्ना सांसदहरुलाई पोखरा बोलाएको थियो ।

राजनीतिक समीकरण बदलिने सम्भावना बढेपछि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राजमोका सांसदहरु पनि पोखरा केन्द्रित भएका छन् ।

मन्त्रालय भागबण्डामा छलफल

प्रदेश सरकारको समीकरण बदलिने सम्भानासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा मन्त्रालय भागबण्डाको विषयमा छलफल शुरु भएको छ ।

नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व पाएमा प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल) मुख्यमन्त्री बन्ने निश्चित छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारीसँगै कांग्रेसले मन्त्रालय भागबण्डाको छलफलमा रहेको सांसद लामिछानेले बताए ।

प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ । प्रदेशसभामा कांग्रेसको मात्रै १५ सदस्य छ ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि सांसद कुमार खड्कालाई वार्ता टोलीका संयोजक बनाएको थियो । खड्काकाअनुसार अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि आज सर्बदलीय बैठक बस्ने तयारी गरिएको छ ।

६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २७, माओवादी केन्द्रको १२ जना, राजमोका ३, जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सांसद छन् ।

स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङ्गे) ले चुनावपछि नेकपा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ०५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न