यस्तो छ बाथरोगको घरेलु उपचारविधि | Khabarhub Khabarhub

यस्तो छ बाथरोगको घरेलु उपचारविधि


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आयुर्वेदको मान्यताअनुसार हावाबाट करिब ८० प्रकारका रोगहरुको जन्म हुन्छ ।

दुषित वायु (हावा) को कारणले विभिन्न रोगहरुको जन्म हुने गर्दछ ।

दुषित हावाबाट हुने प्रमुख रोगहरु जोर्नी सम्बन्धी समस्या, कम्मर दुख्नु, शरीर गह्रुङ्गो भएको अनुभूति हुनु तथा शरीरमा शिथिलता एवम् शून्यता उत्पन्न हुनु आदि गर्दछन् ।

यो रोगको निराकरणको लाग उल्लेखित उपायहरुको प्रयोग गर्नुपर्दछ । सामान्य सावधानी अपनायौँ भने हामी वायुजन्य रोगहरुबाट बच्न सक्छौँ ।

आयुर्वेदको मान्यता अनुसार जोर्नी दुख्नु एक अत्यन्त कष्टपूर्ण रोग हो । जुन रोगमा रोगीको जोर्नी दुख्ने पीडा पर्चुर मात्रामा हुन्छ । गलत खानपान तथा अधिक परिश्रमको कारणले यस्तो रोगहरु उत्पन्न हुने गर्दछ ।

समाधानका उपायहरुः

— अश्वगन्धा र अमला बराबर मात्रामा मिलाई धुलो बनाउनुहोस् राति सुत्ने समयमा उक्त धुलोलाई दूध अथवा पानीमा मिलाई सेवन गर्नुहोस् । जसले जोर्नी दुख्ने समस्या न्यूनीकरण हुन्छ ।

—कालो मरिचलाई पानको रससँग घुलेर सानो सानो गोली आकारको बनाउनुहोस् र बिहान साँझ अदुवाको रससँग मिलाई सेवन गर्नाले जोर्नी दुख्ने समस्या चाँडै ठिक हुने गर्दछ ।

—सौँठ अथवा गिलोय दुवै बराबर मात्रामा लिई धुलो बनाएर ३–३ ग्रामको दरले तातो पानीसँग पिउने गर्नाले १ महिना  भित्रमा जोर्नी दुख्नु स्वतः ठिक हुनेछ ।

—शुद्ध गन्धक, अमलाको रस १० ग्राम, पहेँलो हर्रोको बोक्रा १० ग्राम, बर्रोको बोक्रा १० ग्राम र अरण्डीको तेल १० ग्रामलाई मिलाई प्रत्येक दिन १० ग्रामका दरले ३ महिनासम्म नियमित सेवन गर्नाले बाथरोग निको हुन्छ ।

—अदुवाको ताजा पातको रस १०/१० ग्रामका दरले मनतातो पानीसँग पिउनाले लाभ मिल्दछ ।

—लसुनको रसमा तेलजन्य पदार्थ (तोरी, रायो, सरस्यूँ) आदि मिलाएर जोर्नीमा मालिस गर्नाले अत्यान्त लाभ मिल्दछ ।

—पिपलको बोक्रालाई पिसेर आधा कप पानीमा २ चम्चा धुलो मिलाई खानाले जोर्नी दुख्न कम हुन्छ ।

—प्याजको रस र रायोको तेललाई बराबरर मात्रामा मिलाई बिहान बेलुका दुखेको ठाउँमा मालिस गर्नाले तुरुन्त आराम मिल्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : १४ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै