भारत-पाकिस्तान युद्धविरामको निर्णयले सीमाक्षेत्रका स्थानीयलाई राहत | Khabarhub Khabarhub

भारत-पाकिस्तान युद्धविरामको निर्णयले सीमाक्षेत्रका स्थानीयलाई राहत


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जम्मु–काश्मीर– भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयले जम्मु काश्मीरस्थित सीमा क्षेत्रमा ठूलो राहत पुगेको स्थानीयहरुले बताएका छन् ।

भारत र पाकिस्तानले काश्मीरस्थित नियन्त्रण सीमा क्षेत्रमा युद्धविराम घोषणा गरेपछि स्थानीयहरुले राहतको सास फेर्न पाएको बताएका हुन्।

जम्मु–काश्मीर सीमाक्षेत्रमा हुने गोलीबारी र अशान्तिका कारण दैनिक जीवन नै असर गरेको स्थानीयहरुले बताए । तर, दुई देशबीच भएको युद्धविराम घोषणाले अशान्ति अन्त्य हुनेमा स्थानीयहरु आशावादी छन् ।

सीमाक्षेत्रमा सैन्य गतिविधिहरुले बालबालिकाहरु बिद्यालय जान समेत खुल्ला वातावरण नभएको स्थानीयले बताए ।

गत वर्ष ३६ पटक भएको युद्धविराम उल्लंघनमा सेनासहित १२ जना सर्वसाधारणको ज्यान गएको र सयौं भौतिक संरचनामा क्षति भएको थियो ।

युद्धविरामको निर्णयसँगै सीमाक्षेत्रमा जीवनशैली सामान्य हुने आशा गर्दै स्थानीयले भारतीय सरकारलाई धन्यवाद दिएका छन् । भारत र पाकिस्तानले फेब्रुअरी २५ बाट लागू हुने गरी सिमाक्षेत्रमा युद्धविराम घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : १५ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश