एप्पलको आइफोन १२ अब भारतमै एसेम्बल गरिने | Khabarhub Khabarhub

एप्पलको आइफोन १२ अब भारतमै एसेम्बल गरिने


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुचर्चित अमेरिकी कम्पनी एप्पलले उत्पादन गर्दै आएको आइफोन १२ अब भारतमै तयार हुने भएको छ ।

कम्पनीका अनुसार अब आइफोन १२ भारतमै एसेम्बल गरिने भएको हो ।

एप्पलको यो निर्णयलाई भारतका केन्द्रीय मन्त्री रवि शंकरले स्वागत गरेका छन् । एप्पलले यसअघि एसियाको बजारका लागि चीनमा एसेम्बल गर्दै आएको थियो । पछिल्ला केही वर्ष चीन र अमेरिकाको सम्बन्धमा चिसोपन आएको छ ।

चीन र अमेरिकाको व्यापारिक युद्धका कारण एप्पलले चीनको एसियाली बजारका लागि भारत रोजेको अनुमान गरिएको छ ।

यसअघि एप्पलले आइप्याड र म्याकबुकका केही मोडल भियतनाममा एसेम्बल गर्न थालेको थियो ।

यद्यपि चीनमा पनि एप्पलका आइफोनहरु एसेम्बल हुँदै आइरहेका छन् । भारतमा नै एसेम्बल हुने भएपछि आइफोनको नयाँ उत्पादन छिटो र सस्तोमा नेपालमा पनि उपलब्ध हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  २ : ४४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही