प्रदेश २ सरकारद्वारा तीन वर्षका ९३ उपलब्धि सार्वजनिक | Khabarhub Khabarhub

प्रदेश २ सरकारद्वारा तीन वर्षका ९३ उपलब्धि सार्वजनिक


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ०७४ फागुन ३ गते गठन भएको प्रदेश २ सरकार तीन वर्ष पूरा गरेको छ ।

सोमबार प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको प्रगति सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलमा ९३ बुँदै उपलब्धि बारे जानकारी गराए ।

मुख्यमन्त्री राउतले ११ शीर्षकमा ९३ बुँदे प्रदेश सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको बताएका छन् ।

बेटी पढाउ बेटी बचाउ अभियान, एक सहिद परिवार एक रोजगारी, ३९ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिका रुपमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको ३ वर्षको उपलब्धि अपेक्षा अनुसार नभए पनि सन्तोषजनक रहेको बताए । संघको हैकम, नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको बताए ।

संघसंग नीति बाझ्ने गरेकाले कतिपय विधेयक प्रदेश सरकारले बनाएको भएपनि कार्यनव्यनमा नआएको उनले बताए । यद्यपि उनले प्रदेश सरकार विभिन्न चुनौतीका बाबजुद सुशासन स्थापित गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।

तर, तीन वर्षको अवधिमा कर्मचारी व्यवस्थापन, भौतिक पूर्वाधार विकास, कृषि, सिचाईं, सडक, राष्ट्रिय गौरवको योजना स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेटी बचाउ बेटी पढाउ, कानून निर्माण, स्वास्थ्य तथा शिक्षामा सुधार र कोभिड–१९ जस्ता महामारीलाई नियन्त्रण लगायतमा अपेक्षाभन्दा बढी काम गरेको मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत छोरी बिमा, छात्रा छात्रवृति, छात्राहरूलाई साइकल वितरणलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको, छोरीहरूलाई सबै निकायमा पहुँचको लागि ५० प्रतिशत आरक्षणको व्यवस्था, नि:शूल्क लोकसेवा आयोगको तयारी कक्षा, छात्रामैत्री शौचालयको व्यवस्था लगायतका कार्यक्रम सम्पन्न गरेको उपलब्धीको रुपमा बखान गरिएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पर्यटनलाई बढावा दिन २७ वटा पोखरी र प्रदेशस्थित मठ मन्दिरको सौन्दर्यकरण, विभिन्न सार्वजनिक स्थलहरूमा ६० वटा सार्वजनिक शौचालय निर्माण, जनकपुरका उत्तरी भेग एवं सिराहा जिल्लामा २० वटा ईनार निर्माण, एकसय वटा सामुदायिक विद्यालयमा खानेपानीको सुविधा र एक सय ५० वटा हयाण्ड पम्प जडान गरिएको छ ।

मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका नागरिकको सम्मान र स्मरण स्वरुप वीरगंज महानगरपालिकाको तिलाबेमा मधेश आन्दोलन सहिद स्तम्भ तथा पार्क निर्माणको कार्य सुरु र आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै सिहद परिवारलाई रोजगारको व्यवस्था समेत गरिएको छ ।

भौतिक निर्माणतर्फ करिब ५१ किलोमिटर कालेपत्रेसहित तीन सय २० किलोमिटर सडक निर्माण, बजार सेड निर्माण, १४ वटा कल्भर्ट निर्माण, विभिन्न स्थानहरूमा ३० वटा पुल निर्माणको क्रममा रहेको र दुई सय ४० वटा डिप टयूबेल तथा ३३ वटा पावर ड्रिल टयूबेल निर्माण सम्पन्न भई साढे पाँच हजार हेक्टर थप जमिन सिचाईँ सुविधा पुर्‍याइएकोे उनले बताए ।

कृषितर्फ कृषकहरूलाई विभिन्न तालिमको व्यवस्था, संक्रमणकालीन अवस्थामा कोभिडले मार्कामा परेका किसानहरूलाई ऋण ब्याज अनुदान, स्वरोजगारका लागि किसानहरूलाई भैंसी वितरण, प्रदेशका विभिन्न स्थानमा कोल्डस्टोर निर्माणाधिन अवस्थामा रहेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०