अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन | Khabarhub Khabarhub

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्युनस आयर्स– दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेको बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  २ : २५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न