राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । उनले शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म शितल निवासमा राष्ट्रपतिसँग छलफल गरेकी हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहले आ-आफ्ना गतिविधलाई तीव्रता दिइरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा यान्छीले नेकपा विभाजन पछि उत्पन्न परिस्थितिबारे कुराकानी गरेको बुझिएको छ । नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी उनले पार्टी एकताकै विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेको स्रोतले जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेसँगै नेकपाका दुई पक्षहरुले आ-आफ्ना राजनीतिक गतिविधिलाई तीव्रता दिँदै आएका छन् ।

ओलो समूहले भेला तथा प्रशिक्षणको कार्यक्रम गर्दै नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिँदै आएको छ भने  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै सडक संघर्ष गर्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ३१ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक