भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । २७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।

रोगको प्रकृति अनुसार उनलाई अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ५५ बजे

‘पाइलटको फोन लागिरहेको छ, जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ पहिचान’

पोखरा-  सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको

बेपत्ता विमान खोज्न गएको सेनाको टोली कोवाङ फर्क्यो

काठमाडौँ- तारा एअरको विमान दुर्घटना भएको आशंका गरिएको स्थान लार्जुङबाट

संघीय संसदमा आज अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै

काठमाडौँ– गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक

छोरी बेच्न नदिएको झोंकमा श्रीमतीको हत्या

काठमाडौँ- पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा

अझै भेटिएन तारा एअरको बेपत्ता विमान

काठमाडौँ- पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको बेपत्ता तारा एअरको विमानको खोजीकार्य