कप्तान भण्डारीको शतकमा गण्डकीलाई विशाल लक्ष्य | Khabarhub Khabarhub

कप्तान भण्डारीको शतकमा गण्डकीलाई विशाल लक्ष्य


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान विनोद भण्डारीको शतकिय इनिङ्समा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसामु २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० खेल्दै ५ विकेट गुमाएर २ सय ८७ रन बनाएको हो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (टियू) मा खुलेका आर्मीका कप्तान भण्डारीले अविजित रहँदै ७६ बलको मद्दतमा ५ छक्का र ९ चौका प्रहार गर्दै १११ रन बनाएका हुन्। आर्मीका लोकेश बमले ४२ रन बनाए।

यस्तै आर्मीका राजु रिजालले ४५ रन बनाएका थिए भने राजेश पुलामि मगरले ३८ रन, भिम सार्कीले १५, हरिकृष्ण झाले १४ रन बनाए।

आर्मीविरुद्ध विपिन खत्री र विशाल पौडेलले समान २/२ विकेट लिए भने दिपेश खत्रीले १ विकेट लिए ।

२ सय ८८ रनको लक्ष्य पाएको गण्डकी केही समयमा जवाफि ब्याटिङ गर्दैछ।

प्रतियोगिताको उद्घाटन आज बिहान युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङले बलिङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालले ब्याटिङ गर्दै गरेका थिए।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०