काठमाडौँमा राजनीतिका साँढेको जुधाइले नुवाकोटको गोरु जुधाइ खास्सै राम्रो भएन रे – धनराज गुरुङ | Khabarhub Khabarhub

काठमाडौँमा राजनीतिका साँढेको जुधाइले नुवाकोटको गोरु जुधाइ खास्सै राम्रो भएन रे – धनराज गुरुङ


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली राजनीतिमा दिनहुँ राजनीतिका साँढेहरु जुधिरहेकाले यस वर्षको गोरु जुधाइ खास्सै मनोरञ्जनात्मक नभएको टिप्पणी गरेका छन् ।

आज बिहान ट्वीट गर्दै नेता गुरुङले त्यस्तो टिप्पणी गरेका हुन् । उनले भने, “यसपालि नुवाकोटको गोरु जुधाई कार्यक्रम खास्सै मनोरञ्जनात्मक भएन रे ।”

यता काठमाडौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाइ भइरहेकाले नुवाकोटको गोरु जुधाइ खल्लो भएको भन्दै व्यंग्य गरेका छन् ।

उनले भनेका छन्, “सायद यता काठमाण्डौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाई भइरहेकाले नुवाकोटको गोरु जुधाई खल्लो भएको होला ।”

प्रत्येक वर्षको माघ १ गते नुवाकोटको तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइने गरिन्छ । बिहीबार (माघ १ गते) नुवाकोटको तारेश्वर गाउँपालिका ३ स्थित तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइएको थियो ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : २६ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका