लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन पक्राउ | Khabarhub Khabarhub

लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन पक्राउ


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा नै बसोवास गर्दै आएका भारतीय नागरिक अन्दाजी ३० वर्षीय रुपन साह भनिने मनोज साह रहेका छन् ।

उनीहरुलाई लागुऔषधको कारोवारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार अमृत लाबुङ २५.८१ ग्राम हिरोइनसहित फुङलिङ नगरपालिका–६ गुम्बा चोकबाट पक्राउ परेका हुन् भने मनोज साह फुङलिङ नगरपालिका–७ मा पर्ने मेची राजमार्गबाटै ४०० मिलीग्राम हिरोइनसहित पक्राउ परेका हुन् ।

फरक–फरक मिति र स्थानबाट पक्राउ परेका तीनै जनालाई बिहीबार प्रहरीले पत्रकार भेटघाट कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजनाका साथ खोजतलास तथा अनुसन्धान कार्यलाई अघि बढाएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : १५ बजे

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण