जटामसीको प्रयोग कसरी गर्ने, यसले के फाइदा गर्छ? | Khabarhub Khabarhub

जटामसीको प्रयोग कसरी गर्ने, यसले के फाइदा गर्छ?


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१.तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूको काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो । यसको फूलको रङ्ग गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो ।

जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने । यसरी कुटेर तयार पारिएको ३-४ ग्राम जटामसीको धुलोमा थोरी बीरेनुन, भुटेको जिरा, ज्वानोलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ । खानामा रुचि बढ्छ ।

२.जटामसीको जरालाई हल्का पिसेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले गर्दा सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ ।
३.३-४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।

४.यो औषधि रक्त चापका रोगीहरुको लागि उपयोगी छ । उन्माद (बौलाहपन), छारेरोगका रोगीहरुको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।

५.जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : ५४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६