कोभिडका कारण टिबीका बिरामी बढे : विश्व स्वास्थ्य संगठन | Khabarhub Khabarhub

कोभिडका कारण टिबीका बिरामी बढे : विश्व स्वास्थ्य संगठन


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– एक दशकपछि पहिलो पटक टिबीका विरामी विश्वव्यापी रुपमा बढेका छन् । कोभिडका कारण स्वाथ्य उपचारमा पहँुच नहुँदा टिबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्लूुएचओ) ले जनाएको छ ।

उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने रोग उन्मुलन गर्न वर्षौदेखि भएका प्रयासमा अबरोध सृजना भएको छ । टिबीबाट अझै पनि विश्वभर लाखौ मानिस पीडित छन् ।

‘पुरानो तथा निको पार्न सकिने रोगबाट प्रभावित लाखौ मानिसहरुको उपचारमा देखिएको खाडल पुर्न लगानीका लागि विश्वव्यापी आह्वान गर्नु तत्काल आवश्यक छ,’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एडहानोम गिब्रेससले एक विज्ञप्तिमा भनेका छन् ।

सन् २०२० को टिबीसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा डब्लूएचओले रोग निर्मूलको प्रयास कोभिडका कारण अझ प्रभावित भएको जनाएको छ । जसका कारण टिबी रोगीका बिरामी झनै बढेको उसले जनाएको छ ।

डब्लूएचओले विश्वभर करिव ४१ लाख मानिसमा टिबी भएको तर उनीहरुले आफ्नो रोग आधिकारिक रुपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल नगएको जनाएको छ । सन् २०१९ टिबी रोगीको संख्या २९ लाख रहेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ ।

टिबी रोगीलाई कोभिड १९ संक्रमणले अझै असर गरेको पनि डब्लुएचओले जनाएको छ । टिबीका लागि छुट्याइएको रकम कोभिड नियन्त्रणमा खर्च गरिएको र लकडाउनका कारण स्वास्थ्य उपचारको पहुँचमा कठिनाइ भएको डब्लूएचओको भनाई छ ।

सन् २०२० मा टिबीबाट १५ लाख मानिसको मृत्यु भएको थियो । एजेन्सी

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १० : ४५ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना

सार्वजनिक लेखा समितिका सदस्यले गरे हुलाकी राजमार्गको अनुगमन

वीरगञ्ज–  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत

सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ

काठमाडौं– स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री