यी हुन् मेवा खानुका फाइदा | Khabarhub Khabarhub

यी हुन् मेवा खानुका फाइदा


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१.   पाकेको मेवाको दिनहुँ ठीक मात्रामा सेवन गर्नाले पेटको जलन ठीक हुन्छ । भोक जगाउँछ । खाएको खानेकुरा राम्रोसँग पच्छ । पेट फुलेमा आराम दिन्छ । पिसाब सफा बनाउँछ । शरीरलाई सन्तुलनमा ल्याउँछ ।

२.   मेवाको पातलाई पिँधेर त्यसको २/४ चम्चा रसमा मिश्री मिलाई दिनको दुई/तीन पटक केही दिनसम्म सेवन गर्नाले ज्वरो ठीक गर्छ । हृदयलाई शान्त पार्छ ।

३. २/३ चम्चा मेवाको चोप (दुध) लाई गाईको दुध मिलाई खाएमा पेटको जस्तोसुकै पनि नसा हुन्छ ।

४.   शरीरका विभिन्न भाग चिलाएमा वा दाद आएमा त्यस्तो ठाउँमा काँचो मेवा काट्दा निस्केको दूध वा चोप लगाउनाले दाद पूर्ण रुपमा हराउँछ र चिलाउन पनि छोड्छ ।

५.   मेवाको काँचो फूल काटेर सुकाई पिँधे २/३ चम्चा धुलाई तातोपानीमा मिलाई दिनको दुईपटक खानाले पुरानो अतिसार पनि नष्ट हुन्छ ।

६.   काँचो मेवाको तरकारीमा ज्वानो झानेर राम्रोसँग गालेर केही दिन खानाले स्त्री (सुत्केरी महिला) को दुध बढ्दछ र बच्चा पनि पुष्ट भएर आउँछ ।

७.   काँचो मेवाको रसमा बराबर भाग मिश्री मिलाई दिनको तीन पटक मनतातो पानीसँग केही दिनसम्म पिउनाले फियो र कलेजोको रोग निको हुन्छ ।

साभारः मेरो डाक्टरबाट

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : ०९ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,