चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत | Khabarhub Khabarhub

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ ।

बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो ।

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे । दुवै निकायले राहतस्वरुप तत्कालका लागि रु ५०/५० हजार सहयोग गरेका हुन् ।

वन कार्यालयले रु दश लाख राहत प्रदान गर्ने भएकामा तत्कालका लागि रु ५० हजार वितरण भएकाले थप रु नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने बताइएको छ ।

अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई मलम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए ।

घरगोठ उज्यालो बनाउन आग्रह

विगत केही वर्षयता जिल्लामा  चितुवाको आतङ्क छ । बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनका लागि साँझ तथा रातको समयमा घर गोठ उज्यालो राख्न वन कार्यालय तनहुँले आग्रह गरेको छ ।

‘एकपटक आक्रमण गरेको चितुवाले फेरि मानिसलाई आक्रमण गर्नसक्ने सम्भावना हुन्छ, त्यसका लागि सतर्क बन्नुपर्छ’, डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, ‘घरगोठ बलियो पारौँ, झाडी सफा गरौँ, बिहान साँझ एक्लै नहिँडौँ, बच्चालाई एक्लै घर बाहिर नपठाऔँ, बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गरौ ।’

मृग वन कुखुरालगायत वन्यजन्तुको शिकार गर्दा आहाराको अभाव भई चितुवाले मानिसको शिकार गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘वन्यजन्तुको चोरी शिकार गर्नेलाई पक्राउ गर्न सबैले सहयोग गर्नुपर्छ ।’

विसं २०७४ फागुन १ गते पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका ११ बालबालिकाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ८ : २० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न