नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य | Khabarhub Khabarhub

नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो । खराब शुरुआत गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई शून्यमै गुमाएको थियो । एकातर्फबाट लगातार विकेट गए पनि शेखले एक इण्डबाट स्कोर उकासेका थिए ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए भने अन्तिम विकेटका रुपमा आउट भएका करण केसीले २१ रन बनाए । १ रन बनाएका सुशान भारी नटआउट रहे ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ५१ बजे

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।