बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने | Khabarhub Khabarhub

बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनको नासिर सिड अल हाजरी कर्पोरेसन (एनएसएच) कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई स्वदेश फर्कन चाहेको खण्डमा सेवासुविधासहित कम्पनीले फिर्ता पठाउने भएको छ ।

बहराइनस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने नेपाली कामदारले स्वदेश फिर्तीका लागि नयाँ क्याम्पमा स्थानान्तरण गरिएको पनि जनाएको छ ।

आइतबार अर्थात् १२ सेप्टेम्बरमा दूतावासका कर्मचारी, बहराइनको श्रम मन्त्रालय तथा आन्तरिक मन्त्रालयका पदाधिकारी तथा सुरक्षाकर्मी , सम्बन्धित कम्पनीका पदाधिकारीको रोहवरमा श्रमिकहरूलाई घर फिर्तीको सहजिकरणको लागि नयाँ क्याम्पमा स्थानान्तरण गरिएको हो ।

दूतावासका अनुसार उक्त क्याम्पमा कामदारहरूले नियमानुसार प्राप्त गर्नुपर्ने सेवा, सुविधाहरू सम्बन्धमा हिसाब फर्छौट गरि चाँडै नेपाल पठाइने जनाएको छ ।

गत मंगलबार मध्याह्न खाना खाइरहेका बेला एक श्रमिक अचानक ढले पनि तत्काल अस्पताल नलैजादा ती श्रमिकको मृत्यु भएको भन्दै कम्पनीविरूद्ध आन्दोलन चर्किएको छ । कम्पनीमा खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उपचार नपाएको लगायतका माग राखेर कम्पनीमा कार्यरत करिव ७ सय नेपाली तथा अन्य देशका कामदारहरु आन्दोलनमा उत्रिएका थिए ।

यता, गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनले पनि एक सूचना जारी गर्दै एनएसएच कम्पनीमा आन्दोलनरत नेपाली कामदारलाई संयमित रहन कम्पनीको नियम कानूनको परिधिमा रहन भनेको छ ।

साथै,एनआरएनएले कुनै मञ्जुरीनामा वा करार पत्रमा हस्ताक्षर गर्नुपर्ने अवस्था आएमा राम्रोसंग अध्ययन गरेर मात्र हस्ताक्षर गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : १५ बजे

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

जगदलपुर – सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी