अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागार अवलोकन | Khabarhub Khabarhub

अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागार अवलोकन


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गरेका छन् ।

निरंकुश पञ्चायत शासन विरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बसेका अध्यक्ष तिमिल्सिना विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए ।

आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार भइ शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आफू जेल बसेको समयभन्दा अहिलेको अवस्था सुधार भएको पाइएको बताए । उनले कारागारलाई बिस्तारै सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने बताए ।

कपिलवस्तु कारागारको थप सुधारका लागि सरकार समक्ष पहल गर्ने उन‍ले बताए । अवलोकनका क्रममा उनले कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए ।

३५२ जना क्षमता भएको कपिलवस्तु जेलमा हाल ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  २ : ४३ बजे

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा