अवैध रुपमा सालको काठ चिरान गरिरहेको अवस्थामा नौ जना पक्राउ | Khabarhub Khabarhub

अवैध रुपमा सालको काठ चिरान गरिरहेको अवस्थामा नौ जना पक्राउ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको कानेपोखरी गाउँपालिका – ६ देधापस्थित डाँस खोला किनारबाट ६२ क्युफिट सालको गोलिया तस्करी गर्दैगर्दा नौ जना पक्राउ परेका छन् ।

अवैध रुपमा काट्न प्रतिबन्धित सालको काठसहित नौ जनालाई सशस्त्र प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय बिशाल विष्ट, २५ वर्षीय दुर्गा भुजेल, २९ वर्षीय सन्तकुमार राई, ३० वर्षीय भरत भुजेल, ३५ वर्षीय बीरजंग राई, ३८ वर्षीय बालकृष्ण भुजेल, ३८ वर्षीय सूर्य राई, ४५ वर्षीय हस्तबहादुर सुवेदी र ४७ वर्षीय मोतिमान श्रेष्ठ छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी टोलीले सालको गोलिया काठ चिरान गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि ग्रामिण सुधार सामुदायिक वन कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : ४७ बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल