कतार एयरवेज होलिडेजले ल्यायो ‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेज | Khabarhub Khabarhub

कतार एयरवेज होलिडेजले ल्यायो ‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेज


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार एयरवेज होलिडेजले डिस्कभर कतारको सहकार्यमा फ्यामेली एण्ड फ्रेन्ड्स प्याकेज ल्याएको छ ।

खोप लिइसकेका यात्रुहरूका लागि कतार खुला भएपश्चात् साथीभाइ तथा परिवारसँग कतारमा भेट गर्न गइरहेका अन्तर्राष्ट्रिय यात्रुहरूका निम्ति विशेष प्याकेज ल्याएको हो ।

प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो । यस आवश्यकताको पूर्तिका लागि सहयोग पुर्याउन कतार एयरवेज होलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकहरूको परिवार र साथी भाइसँगको अनुभव बृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो ।

‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेजहरू प्रति व्यक्ति एक हजार ७२१ कतारी रियाल देखि सुरु हुनेछ र हिल्टन दोहा, हिल्टन साल्वा बीच रिसोर्ट लगायतका अग्रणी होटलहरूमा ५, ७ र १० रातका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ४० बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार