नेप्सेमा एक अंकको सुधार हुँदा ५ अर्ब ६५ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्सेमा एक अंकको सुधार हुँदा ५ अर्ब ६५ करोडको कारोबार


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार शेयर बजार परिसूचक नेप्से १.०१ अंकले बढेर २८७२.०५ अंकमा बन्द भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको सूचक बढेका छन् भने ८ वटा सूचक घटेका छन् ।

साताको चौंथो कारोबार दिन बुधबार नेप्सेमा सामान्य वृद्धि हुँदा जलविद्युत र फाइनान्स कम्पनीमा आकर्षण देखिएको छ ।

जलविद्युत सूचक सर्वाधिक २.७१ प्रतिशत बढेको बजारमा फाइनान्स १.४८ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट, म्चुचुअल फण्ड तथा होटल र पर्यटनका सूचकमा सामान्य बढेको छ ।

आजको बजारमा सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका शेयरधनीले कमाएका छन् ।

त्यस्तै आज छिमेक लघुवित्त २२ करोड, हिमालयन डिष्टिलरी १९ करोड, निर्धन उत्थान १६ करोड, नबिल ब्यालेन्स्ड फण्ड १५ करोड, नेपाल लाइफ १४ करोड, नबिल बैंक १३ करोड, नेपाल बंगलादेश बैंक १३ करोड, मञ्जुश्री र एनआईसी एशिया बैंकको पनि १२ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : ५९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले