गर्मी र डढेलोले अस्तव्यस्त अमेरिकी जनजीवन | Khabarhub Khabarhub

गर्मी र डढेलोले अस्तव्यस्त अमेरिकी जनजीवन


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उच्च तापक्रम र तातो हावाको कारण अप्ठेरो अवस्था रहेका अमेरिका र क्यानडामा अब डढेलोको जोखिम पनि बढेको छ । अग्नि नियन्त्रक यन्त्रहरूले निभाउन प्रयास गरे पनि कतिपय ठाउँमा अत्यन्त कठिन भएको छ । डढेलोका कारण कतिपय ठाउँमा बिजुली बत्तीको प्रसारण लाइन बन्द भएको छ । यो केही समयका लागि बन्द गर्नु पर्ने स्थिति पनि आएको छ ।

एरिजोनामा आगो निभाउने प्रयासमा एयर क्राफ्ट विस्फोट भएपछि दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ४८ वर्षीय पाइलट र एयर ट्याक्टिल ग्रुपका ६२ वर्षीय सुपरभाइजर छन् । विक्राफ्ट किङ एयर सी ९० एकै पटक आगोमाथि नियन्त्रण बाहिर पुगेको थियो । घरबाटै आगोका ज्वालाहरू देखिने गरेको र त्यो दृश्य भयावह रहेको स्थानीयवासी बताउँछन् ।

एरिजोनाको भूमि व्यवस्थापन विभागले ज्यान गुमाएका दुई जनाप्रति सम्मान प्रकट गरेको छ । विकी अपको जङ्गलमा मध्यरातदेखि दम्किएको यो डरलाग्दो आगोले अझै धेरै दुख दिने सक्ने कुरामा पनि व्यवस्थापन विभाग चिन्तित रहेको छ ।

यसै वर्ष ४६ दिनको अन्तरालमा उत्तर अमेरिकामा चार वटा डढेलो सम्बन्धी घटनामा एयरक्राफ्ट विस्फोट भए । यसमा सात जनाको मृत्यु भइसकेको छ ।

क्यानडाको अल्बर्टामा लागेको आगो निभाउने क्रममा गत जुन २८ मा बेल्ट २१२ हेलिकोप्टर विस्फोट भएर पाइलटको ज्यान गएको थियो । क्यानडाको मोन्टानामै १५ जुनमा हेलिकोप्टर विस्फोट भयो । मे २५ मा फ्लोरिडामा भएको विस्फोटमा चार जनाको ज्यान गएको थियो ।

अहिले लस भेगास र नेभाडा दुवै स्थानमा तापक्रम ४७.२ डिग्री सेल्सियस पुगेको छ । समस्या कत्तिसम्म छ भने एयरक्राफ्टले पानी खसान्दा भुइँसम्म पुग्न नपाउँदै वाष्पीकरण हुने गरेको छ ।

अमेरिकाको नेभडा र क्यालिफोर्नियाको अवस्था भने अझै बढी खराब हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाको तथ्याङ्कअनुसार यसै महिना केही स्थानमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । डढेलोका कारण यो क्रम बढेर अझ धेरै तातो हुने सम्भावना यथावत छ ।

एक साता अघि उत्तरी अमेरिकामा अत्यधिक तातो हावा चलेर धेरै जनाको ज्यान गएको थियो । गत जुनमा त्यो क्षेत्रको तापक्रम आलसम्मकै सबैभन्दा धेरै पुगेको थियो । मौसमविद्हरूले क्लाइमेट चेन्जका कारण अन्य थुप्रै समस्या थपिने चेतावनी दिइरहेका छन् ।

सेयरा नेभडा जङ्गल क्षेत्रमा भएको आगलागी पछि क्यालिफोर्नियाको सीमामा रहेको उत्तरी नेभडाका धेरै मानिसहरू गर्मीका घरबाहिर निस्कनु परेको थियो । अगस्टमा अझै प्रचण्ड गर्मी पनि हुने चिन्ता मौसमविद्हरूमा छ ।

आकाशमा देखिएको धुवाँ भयावह छ । एकातर्फ उच्च तापक्रम छ भने अर्कोतर्फ आर्द्रता कम छ । यी दुवै कारणले समस्या झन् थपिएको छ ।

गत शनिबार ओरिजोनामा गागेको डढेलोले ३११ वर्ग किलोमिटरसम्म फैलिएको जनाइएको छ । अन्य सबै डढेलो कत्ति टाढासम्म फैलिएको छ भन्ने यकिन तथ्यांक निकाल्न अझ केही समय लाग्नेछ । डढेलो फैलँदो क्रममा छ ।

क्यालिफोर्नियामा विद्युतको तार पनि आगलागीमा गरेको छ, अन्य धेरै संरचनामा असर परेको छ । नेभडामा जस्तै यहाँ पनि समस्या थपिएको छ । गर्मीले जनजीवन झन्झन् कठिन बन्दैछ ।

इदाहोमा सरकारी निकायले आपत्कालीन समय घोषणा गरेको छ । अग्नि नियन्त्रक यन्त्रहरू तयारी अवस्थामा राखिएको छ ।

अहिले यो समस्या दुई उत्तर अमेरिकी देश अमेरिका र क्यानडामा एकनासको छ । गएको महिनादेखि बढेको तापक्रम र अहिलेको यो आगलागीका कारण क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्त अशान्त छ । यसै महिना ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको सो क्षेत्रको जनजीवन अहिले पनि उस्तै कठिन छ ।

आइतबार सो क्षेत्रको रेल्वे यात्रामा नयाँ सुरक्षा नीति लागु गरिएको छ । डढेलोको असर रेलमार्गसम्म पर्ने चिन्ता देखिएको छ । क्यानडा राष्ट्रिय रेलवे र प्यासिफिक रेलवे दुवैमा नयाँ सुरक्षा मापदण्ड तोकिएको छ ।

अहिले अमेरिकामा मानव बस्तीमा असर पार्ने र सहनै नसक्ने गर्मीका कारण जनजीवनमा समस्या भए पनि यस खालका भीषण आगलागीका घटना संसारका धेरै देशले व्यहोर्दै आएका छन् ।

अमेरिकाको नेभडा र क्यालिफोर्नियाको अवस्था भने अझै बढी खराब हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाको तथ्याङ्कअनुसार यसै महिना केही स्थानमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । डढेलोका कारण यो क्रम बढेर अझ धेरै तातो हुने सम्भावना यथावत छ ।

क्यालिफोर्नियाकै डेथ भ्यालीमा शुक्रबार ५४.४ डिग्री सेल्सियस तापक्रम रहेको थियो । गएको अगस्टमा पनि एक दिन यत्तिकै गर्मी भएको थियो । कसैले त कतै पृथ्वीमा सबैभन्दा बढी तापक्रम नै यहीँ स्थानमा हुन सक्ने जनाएका छन् । यसभन्दा अघि सन् १९१३ मा एक पटक तापक्रम ५६.७ डिग्री सेल्सियस भएको थियो ।

सन् १८८० मा तापक्रमको रेकर्ड चलन शुरू भएको थियो । यसको ३३ वर्ष पछिको कीर्तिमान १०४ वर्षसम्म कायम थियो । त्यसो त १९२२ मा लिबियाको अजिलियामा एक पटक ५७.८ डिग्री सेल्सियस तापक्रम देखिएको थियो । पछि, यो पुष्टि नभएपछि सन् १९१३ को डेथ भ्यालीकै तापक्रम हालसम्मको सबैभन्दा बढी तापक्रम ठहर गरिएको हो ।

कतिपय मौसम विदहरू भने अमेरिकाको डेथ भ्यालीमा पनि तापक्रम मापनमा गल्ती भएको दाबी गर्छन् । उनीहरू कुवेतमा दुई पटक ५४ डिग्री सेल्सियस मापन भएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी तापक्रम हो भनिएको छ ।

एकपछि अर्को चुनौती थपिएपछि मौसमविद्हरूले अहिले लाखौँ अमेरिकीलाई सतर्क रहन, एयर कन्डिसन भएको घरमा बस्न र प्रशस्त पानी पिउन आग्रह गरेका छने । अहिले सार्वजनिक स्थानमा चिस्यान केन्द्र र एयर कन्डिसन निर्माण गरिएको छ । यसै खालको चेतावनी क्यानडाको केही स्थानमा पनि दिइएको छ ।

गृष्म ऋतुका शुरूवात नहुँदै देखिएको यो तापक्रम त समस्या थियो नै । यसमा डढेलोको प्रकोपपछि यसले वातावरणमा अन्य धेरै दीर्घकालीन असर गर्ने चिन्ता वातावरणविदहरूमा देखिएको छ ।

यस पटकको गर्मीले जनजीवनमा कस्तो थप प्रभाव पार्ने हो भन्ने अनुमान गर्न कठिन भएको छ । नेभडाको आगोका कारण जङ्गली जनावर मर्ने र ज्यान जोगाउन शहर पस्ने जोखिम पनि त्यत्तिकै बढेको छ ।

अमेरिकामा यो डढेलो लाग्नुअगावै उच्च तापक्रम र गर्मी सम्बन्धी केही अचम्मका कीर्तिमान थिए । गएको जुन महिनामा आठ ठाउँमा सबैभन्दा बढी गर्मी भएको थियो । जुनमै ६ ठाउँमा दोस्रो बढी गर्मी भयो । धेरै भूभागमा यस खालको उखरमाउलो गर्मी त सायद इतिहासमै पहिलो पटक भएको हुन सक्छ ।

संसारमा पछिल्ला वर्षहरूमा क्लाइमेट चेन्जका कारण धेरै समस्याहरू बढ्दै छन् । यसको एउटा असर उच्च गर्मी हो । यसमा थपिएको डढेलो त समस्या छँदै छ । अझ धेरै प्राकृतिक प्रतिकूलता अमेरिकामा मात्र होइन अन्य देशमा पनि बिस्तारै देखिनेछ ।

अहिले अमेरिकामा मानव बस्तीमा असर पार्ने र सहनै नसक्ने गर्मीका कारण जनजीवनमा समस्या भए पनि यस खालका भीषण आगलागीका घटना संसारका धेरै देशले व्यहोर्दै आएका छन् ।

चीनमा सन् १९८७ मा १२ हजार वर्ग किलोमिटर भूभागमा आगलागी भएको थियो । अमेरिकामै हकमा सन् २०२० मा मात्र यस्ता अनेकौँ डढेलो लागे । सो वर्ष कोलोराडोका कैयौँ स्थानमा भीषण आगलागी भएको थियो । अलास्कामा पनि यस्तै भयो । मात्रात्मक रूपमा कोलोरोडोको डढेलो त्यति धेरै भीषण त नहोला परन्तु अलास्कामा पनि डढेलोका कारण गत वर्ष तापक्रम बढेको थियो ।

यी क्षेत्रपछि एरिजोनामा पनि यसै खाले डढेलोको प्रकोप देखिएको थियो । राजधानी वासिङ्टनका केही स्थानमा पनि यसै खाले डढेलो देखिएका थिए । इदाहो, उथ, न्यु जर्सी, टेक्सास, न्युमेक्सीको, क्युबेक, कानास र ओरीगन यस खाले अत्यधिक डढेलो लाग्ने स्थानको रूपमा रहेका छन् ।

संसारमा पछिल्ला वर्षहरूमा क्लाइमेट चेन्जका कारण धेरै समस्याहरू बढ्दै छन् । यसको एउटा असर उच्च गर्मी हो । यसमा थपिएको डढेलो त समस्या छँदै छ । अझ धेरै प्राकृतिक प्रतिकूलता अमेरिकामा मात्र होइन अन्य देशमा पनि बिस्तारै देखिनेछ । एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : २८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६