भारतमा थप ४० हजार संक्रमित, ६२३ संक्रमितको मृत्यु « Khabarhub
Logo
३ कार्तिक २०७८, बुधबार

भारतमा थप ४० हजार संक्रमित, ६२३ संक्रमितको मृत्यु



फाइल तस्वीर

काठमाडौँ– भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार २१५ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ९ लाख ४४ हजार ९४९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३६ हजार ४१४ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ६२३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ११ हजार ४३९ पुगेको छ ।


भर्खर

0