गायक दीपलाई संगीतकार संघको दुई लाख | Khabarhub Khabarhub

गायक दीपलाई संगीतकार संघको दुई लाख


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड १९ को संक्रमणबाट मुक्त भएर घरमा आराम गरिरहेका गायक तथा संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघले दुई लाख रुपैंयाँ सहयोग गर्ने भएको छ ।

संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्न लागेको हो । संघका अध्यक्ष पारस मुकारुङका अनुसार श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्दै संघले रकम प्रदान गर्न लागेको हो ।

गायक दीप दुई सातासम्म ह्याम्स अस्पतालमा उपचार गरेर केही दिनअघिमात्र डिस्चार्ज भएका थिए । उनी डिस्चार्ज हुँदा अस्पतालका नर्सले उनको गीत गाउदै बिदाई गरेका थिए ।

‘द भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका दीपको ‘म त दुरदेखि आएँ’, ‘हर रात सपनीमा’, ‘मेरो आँखामा’, ‘कति कमजोर रहेछ’ जस्ता गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ६ : ५० बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल