पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ ।

गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०