वैद्यमाथि फौजदारी कसुरमा मुद्दा चलाउन खोजिएकोमा कांग्रेसको विरोध | Khabarhub Khabarhub

वैद्यमाथि फौजदारी कसुरमा मुद्दा चलाउन खोजिएकोमा कांग्रेसको विरोध


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदमा दिएको अभिव्यक्तिकै कारण वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेस वाग्मती प्रदेशले विरोध जनाएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले वैद्यमाथि फौजदारी अभियोगमा मुद्दा चलाउन लागिएको भन्दै त्यसको विरोध गरेका हुन् । उनले फसाउने षड्यन्त्रका साथ कसुर लगाएर पक्राउ गरिए कांग्रेसले सशक्त रुपमा प्रतिकार गर्ने पनि चेतावनी दिए । उनले प्रदेशसभामा बोलेको विषयमा सांसद वैद्यले प्रदेशसभाको बैठकबाटै माफी मागेर आत्मालोचना गरिसकेको विषयमा सरकारले फौजदारी कसुर लगाएर गिरफ्तार गर्न खोज्नु गलत हुने जिकिर गरे ।

संविधानको धारा १८७ (१) मा प्रदेशसभाभित्र पूर्ण वाक स्वतन्त्रताको हक हुने सुनिश्चित गर्न व्यक्त विचारलाई लिएर कुनै सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन पाइँदैन भन्ने उल्लेख भएको हुँदा सत्तापक्ष पेलेरै अघि जाने नियतमा रहेको उनले बताए ।

सांसद वैद्यविरुद्ध एमाले कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । तर संघीय वा प्रदेशसभाका सांसदले सदनभित्र अभिव्यक्त गरेको विषयलाई लिएर त्यहीँ बाहेक अन्यत्र कुनै पनि निकायमा प्रश्न उठाउन वा उजुरी गर्न नपाइने उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ५ : ३९ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै