दाउन्नेको एउटै फार्ममा तीन लाख कुखुरा | Khabarhub Khabarhub

दाउन्नेको एउटै फार्ममा तीन लाख कुखुरा


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ ।

पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक ५० हजार चल्ला राखेर कुखुरापालन शुरु गरिएको थियो । क्रमशः बढाउँदै लगेर हाल यो सङ्ख्या तीन लाखमाथि पुर्‍याइएको फार्मका सुपरभाइजर भुवन लामिछानेले जानकारी दिए ।

झलक्क हेर्दा विदेशको अनुभूति हुने अत्याधुनिक खोरहरू त्यहाँ रहेका छन् । स्वचालित यन्त्रहरूबाट कम जनशक्तिमा फार्मको व्यवस्थापन गरिएको लामिछानेले बताए । क्लोज हाउस प्रविधिबाट फार्म निर्माण गरिएको छ ।

दाउन्ने कर्पोरेटका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार कुखुराको सङ्ख्यालाई क्रमशः बढाएर लगिने छ । पोखरेलले भने ‘यो सङ्ख्या देशकै ठूलो हो ।’ देशभर अण्डा बिक्री गर्ने सञ्जालसमेत भएकाले काम सम्भव भएको उनको भनाइ छ । हाल फार्ममा दुई लाख कुखुराले अण्डा दिइरहेका छन् ।

दैनिक एक लाख ४७ हजार अण्डा उत्पादन भइरहेको उहाँको भनाइ छ । यति नै सङ्ख्यामा कृषकहरूबाट अण्डा सङ्कलन गरेर देशैभर अण्डा पुर्‍याइँदै आएको पोखरेल बताउछन् ।

सो कम्पनीको काठमाडौँ, ललितपुर, भक्तपुर, सुर्खेत र इटहरीमा आफ्नै बिक्री कक्ष छन् । त्यसका अतिरिक्त जिल्लाहरूमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको उनले जानकारी दिए । उनले भने, ‘हाम्रो फार्ममा १० लाख कुखुरा पुग्दा हामीसँग ३० भन्दा बढी आफ्नै बिक्री कक्ष हुनेछन् ।’ कम्पनीले आफूले उत्पादन र सङ्कलन गरेको अण्डालाई ‘दाउन्ने ह्याप्पी एग’ का नामबाट ब्राण्डिङ गरेको छ ।

कम्पनीका अध्यक्ष रघुनाथ भट्टले एन्टिवायोटिकरहित अण्डा दाउन्नेले उत्पादन गरेको बताए । उनले भने, ‘घरघरमा अण्डा पुर्‍याएर सस्तोमा उपभोक्तालाई खुवाउने अभियानमा हामी छौँ ।’ निरन्तरको प्रयासबाट अण्डा उत्पादनमा दाउन्ने अग्रणी कम्पनीका रूपमा स्थापित भएको उनको भनाइ छ । देशभरमा दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुँदै गर्दा दाउन्नेले तीन लाख आफ्नो संयन्त्रबाट बिक्री वितरण गर्दै आएको छ ।

दाउन्ने कर्पोरेटअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । यस्तै कम्पनीले दाउन्ने ट्रेड एण्ड प्याकेजिङ शुरु गर्दै छ । कुखुराबाट जम्मा भएको सुलीलाई प्रशोधन गरेर मलका रूपमा बजारमा ल्याएको छ ।

‘दाउन्ने प्राङ्गारिक मल’ को नामबाट बजारमा आउन थालेको छ । यस कम्पनीको लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीमा लगानी छ । कुखुरालाई चाहिने औषधि र दाना आफ्नै रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक पोखरेलका अनुसार आउँदो वर्षभित्रमा क्रेट पनि आफ्नै उत्पादन हुँदैछ । क्रमशः कार्टुनसमेत उत्पादन गर्ने तयारी गरिएको छ । लेयर्स कुखुराका लागि आवश्यक पर्ने चल्लादेखि उपभोक्तासम्मको कम्पनी आफैँले गरिरहेको छ ।

विसं २०६३ मा शुरु भएको दाउन्ने ट्रेडर्स विस्तार हुँदै गएर अहिलेको अवस्थामा पुगेको हो । अण्डाको बजारीकरणबाट शुरु भएको यो व्यवसाय विस्तार हुँदै नेपालको सबैभन्दा ठूलो फर्मका रूपमा विकास भएको छ ।

दाउन्ने कर्पोरेटअन्तर्गतका विभिन्न कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । यसमा माछापुच्छ्रे बैंकको ऋण लगानी रहेको छ । ती कम्पनीमा २०० भन्दा बढी साझेदार छन् । क्रमशः लगानी बढाउँदै लगिने पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १२ : ५० बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा