महामारीले निम्याउँदै गरेको अनिश्चित भविष्य | Khabarhub Khabarhub

महामारीले निम्याउँदै गरेको अनिश्चित भविष्य


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसारमा कोरोना महामारीसँग जोडिने थुप्रै हृदयविदारक कथाहरू छन् । अहिलेसम्म ३८ लाखभन्दा बढीको जीवन लिएको यो महामारीले अझ कति सताउने हो, थाहा छैन । यस महामारीले मान्छेलाई यति धेरै पीडा दिएको छ कि सम्पन्न नभएका निर्माणका काम, आर्थिक क्षति र शैक्षिक सत्रका बहस यी दुःख र पीडाका अगाडि बेतुकका कुरा हुन सक्छन् ।

संसारमा धेरैले अभिभावक गुमाए, निःसन्देह अभिभावक गुमाउनुको पीडा असीमित हुन्छ । एउटा सानो बच्चाले अभिभावक गुमाउँदाको पीडाको के कुरा ! बाबुआमाले अकस्मात् सन्तान गुमाउनको पीडा त झन् अर्कै हो । राज्यको प्रस्ट नीति नभएको देशमा कमजोर आर्थिक अवस्था भएकाहरूको हकमा यसपछिको जीवन कति कठिन होला !

संसारमै धेरै जनघनत्व र धेरै जनसंख्या भएको देश भारतमा यस्ता समस्या धेरै देखिएका छन् ।

दिल्लीकी २३ वर्षीय शिक्षिका देविका बिहान उठेर आफू र भाइबहिनी गरी ६ जनाका लागि ब्रेकफास्ट तयार गर्छिन् । सबै जनाले एउटै प्लेटमा ब्रेकफास्ट गरिरहँदा अलिक पर राखिएको आमाबाबुको तस्बिर हेर्दै उनीहरू टोलाउँछन् । उनीहरूका आमाबाबुको केही साताअघि निधन भयो ।

देविकाकी मुख्य सहारा २० वर्षकी एक बहिनी छन् । अरूको उमेर ४ देखि १४ वर्षबीचमा छ । देविकालाई भाइबहिनीको हेरचार गर्दा गर्दै आमाबुबाको शोकमा एक छिन रुने फुर्सद पनि छैन । उनमा पैसा जोहो गरेर भाइबहिनी पाल्ने साहस त छ तर आमाबाबुले झैँ माया दिन सक्छु कि सक्दिनँ भन्ने चिन्ता छ ।

उनलाई आफू र बहिनी मिलेर चार भाइबहिनीको पालनपोषण गर्ने कुरामा विश्वास छ । उनलाई यो पनि थाहा छ कि खानलाउन दिएरमात्र भाइबहिनीका लागि आमाबाबुको स्थान पूरा हुँदैन । दिदीले दिने मायासँगै आमाबुबाको छुट्टै माया उनीहरूले खोज्ने छन् । यही चिन्ताले बारम्बार देविकालाई सताउने गर्छ ।

देवीका एक प्रतिनिधि पात्र हुन् । यस्तो समस्या भारतमा धेरै परिवारमा छ । योभन्दा पनि विकराल समस्या हुन सक्छ । सबै तथ्यांक उपलब्ध हुन लामो समय लाग्न सक्छ । कोभिड–१९ का कारण मृत्यु भएकाको तथ्यांक भरखर फेला पर्दै छ । अप्रिल १ देखि मे २५ सम्म अद्यावधिक तथ्यांकका आधारमा ५५२ जना बालबालिकाले आमाबाबु दुवै गुमाएका छन् । यो सरकारी तथ्यांक हो । गैरसरकारी संस्थाहरूले यस्ता बालबालिकाको संख्या हजारौँ हुने जनाएका छन् ।

अहिले सामाजिक अभियन्ताहरू उनीहरूको पहिचान गर्न तम्सिएका छन् । धेरै बालबालिका सडकमा आउने र मानव बेचबिखनको समस्या बढ्ने चिन्ता उनीहरूलाई छ ।

केही महिना अघिसम्म देविका अवस्था फरक थियो । उनका बाबु पुरोहित काम गर्थे । स्नातक तहमा पढ्ने देविका बच्चाहरू पढाउने काम गर्थिन् । संक्रमण बढ्दै जाँदा उनकी आमा प्रायः घरमै बस्थिन् । कहिलेकाहीँ श्रीमानलाई सहयोग गर्न जान्थिन् ।

भारतमा दैनिक ३ लाख ५० हजार जनाभन्दा बढीमा संक्रमण देखिएको थियो । अस्पतालमा शय्या र अक्सिजन पाउन कठिन थियो । यही वेला देविकाकी ३८ वर्षीया आमालाई एक्कासि ज्वरो आयो ।

महामारी आउनुअगावै भारतमा २० लाख बाबालिका सडकमा रहेको अनुमान छ । दोस्रो लहर आउनुअघि लामो समयको लकडाउनका कारण धेरै बालबालिका सडकमा आइपुगेको जनाइएको छ ।

देविकाले आफ्ना भाइबहिनीलाई आमाबाट अलग राख्ने प्रयास गरिन् तर सम्भव भएन । उनका ५३ वर्षीय बाबुसहित परिवारका सबै जना संक्रमित भए । छोराछोरीहरू ठिक भए तर आमालाई अस्पताल भर्ना गर्नुपर्‍यो । अस्पतालमा आमाको निधन हुँदा देविकाको बाबु अर्को अस्पतालमा उपचाररत थिए ।

देविकालाई आफ्ना आमाबाबुको प्रेम राम्ररी थाहा थियो । उनले अस्पतालमा रहेका बाबुलाई शोकको खबर सुनाउने हिम्मत गरिनन् । आमाको शव बाबु भएको अस्पताल लगिएको थियो । बाबुले अकस्मात् देखे । उनी केही बोलेनन्, दुई थोपा आँसु झारे । देविका भन्छिन्, ‘शायद मेरा बाबुको बाँच्ने इच्छा त्यही समय सकिएको हुनुपर्छ ।’ त्यसको एक सातापछि बाबुले पनि संसार छाडे ।

आमाबाबु मरेपछि देविकालाई आफ्ना भाइबहिनी प्रशासनले लाने हो कि भन्ने चिन्ता भयो । उनले सरकारी चाइल्ड केयर हटलाइनमा सम्पर्क गरिन् । उनी नै पहिलो अभिभावक भएका कारण सबै निर्णय उनैले गर्नुपर्थ्यो ।

आमाबाबुको उपचार गर्न लिएको ऋणबाटै उनीहरूले जीवन चलाउँदै छन् । केही राहत गैरसरकारी संस्थाले पनि दिने गरेका छन् ।

त्यसो त देविकाकै जस्ता परिवारका लागि भारतमा सकारी निकाय पनि गठन भएको छ । अहिले सामाजिक सञ्जालमार्फत ‘चाइल्ड लाइन’ ले आफ्ना कार्यक्रमबारे जानकारी दिँदै आएको छ । गाउँका सबै स्थानमा इन्टरनेट सहज छैन । महामारी अझै नरोकिएका कारण सहयोग लिन आउनेजाने क्रममै रोग सर्ने सम्भावना छ ।

एक पटक ‘सेभ दि चिल्ड्रेन’ का अधिकारीले दुई बच्चा फेला पारेका थिए । तिनका बाबु अस्पतालमा बितेका थिए, आमा घरमै बितेकी थिइन् । यसपछि गाउँका मानिसहरू उनीहरूबाट रोग सर्छ भनेर डराए । ती बच्चाले सार्वजनिक शौचालय पनि प्रयोग गर्न पाएनन् ।

‘सेभ द चिल्ड्रेन’ की भारत प्रमुख सुदर्शन सुचीको अनुभव फरक खालको छ । सुचीका अनुसार भूकम्प या बाढीपहिरोको समयमा कसैलाई अप्ठेरो हुँदा गाउँका सबैले सहयोग गर्थे । यस पटकको महामारीमा सबै पन्छने गरेकाले समस्या भएको छ ।

एक वृद्ध दम्पतीको पीडा दर्दनाक छ । छोरीज्वाइँ कोरोनाले बिते । नातिनातिनीलाई आमाबाबु बितेको कुरा भनेका छैनन् । ती वृद्ध जोडीको चिन्ता एउटै छ, आफ्नो जीवनको भर छैन, दुई बच्चाको हालत के होला ! 

महामारी कम हुँदै गएपछि सामाजिक अवस्था पनि ठिक हुँदै जाने ‘प्रोटेक्सन अफ चाइल्ड राइट्स’ दिल्ली प्रमुख अनुराग कुन्डुको भनाइ छ । अहिले धेरैको चासो धेरै बच्चा सडकमै आइहालेमा या मानव बेचबिखनको सिकार भए के गर्ने भन्ने हो ।

मे महिनामै महिला तथा बालबालिका मन्त्री स्मृति इरानीले कोही अनाथ भए आधिकारिक व्यक्ति कहाँ सम्पर्क गर्न सूचना जारी गरेकी थिइन् । आफ्नोबारे सामाजिक सञ्जालमा लेख्दा बेचबिखनमा संलग्नहरूको सक्रियता बढ्ने चेतावनी पनि उनले दिएकी थिइन् । कानुनीरूपले बालबालिकाको व्यवस्थापनमा चासो दिनुपर्ने उनको भनाइ छ ।

कोरोना महामारीपछि भारतमा सडक बालबालिकको संख्या बढ्ने अनुमान छ । धेरैले रोजगारी गुमाउनेछन् । आमाबाबुले बच्चाको राम्रोसँग लालनपोषण गर्न नसकेका कारण घर छाडेर हिँड्नेको संख्या पनि ठूलो हुन सक्नेछ ।

महामारी आउनुअगावै भारतमा २० लाख बाबालिका सडकमा रहेको अनुमान छ । दोस्रो लहर आउनुअघि लामो समयको लकडाउनका कारण धेरै बालबालिका सडकमा आइपुगेको जनाइएको छ ।

भारतमा सामाजिक र राजनीतिक गतिविधिमा चासो राख्नेहरू बाह्र महिनायता सडकमा बालबालिकाको संख्यामा अत्यधिक बढेको बताउँछन् । भारत सरकारले आमाबाबु गुमाउनेका लागि शिक्षाको व्यवस्थाका साथै जीवन यापनका लागि प्रतिव्यक्ति १३ हजार ७३२ डलर उपलब्ध गराउने जनाइसकेको छ । यो रकम १८ वर्ष नपुगेसम्मका लागि हो ।

सुचीका विचारमा जीवनयापन पहिलो प्राथमिकता हो । शिक्षा, स्वास्थ्य र खानाको व्यवस्थापछि भविष्यका अन्य सम्भावनाबारे चासो दिनुपर्ने उनको मत छ । युनिसेफकी भारतीय प्रतिनिधि यासिम हली हकका विचारमा आवास, भोजन र शिक्षासँगै मनोवैज्ञानिक सन्तुलन पनि उत्तिकै जरुरी छ । उनी मायाको अभावमा बालबच्चा बिग्रने सम्भावना सबैले ध्यान दिनुपर्नेमा जोड दिन्छिन् ।

कोरोना महामारीबाट संसारका धेरै देशमा कति असर परेको छ भन्ने अध्ययन भइरहेको छ । कोरोना नेगेटिभ भएपछि शरीरका विभिन्न अङ्गमा परेको असरका कारण ज्यान गुमाउनेको संख्या पनि कम छैन ।

उनीहरूको शरीरमा विभिन्न असर कायम रहने र पोस्ट कोभिड परीक्षण गर्नुपर्नेमा चिकित्सकले जोड दिँदै आएका छन् । चिकित्सकीय राय यस्तो भए पनि दक्षिण एसियाको हकमा सहज छैन । कोभिडकै कारण परिवार नै संक्रमित भएर आमाबाबु गुमाउनेको स्वास्थ्यमा भविष्यमा थप समस्या हुन सक्ने चिन्ता छ ।

कति बच्चाको त न्वारन पनि नभई आमाबाबु गुमेका घटना पनि छन् । यस्तै दर्दनाक पिडा महाराष्ट्रका एक वृद्ध दम्पतीको छ । छोरीज्वाइँ कोरोनाले बिते । नातिनातिनीलाई उनीहरूका आमाबाबु बितेको समेत भन्न सकेका छैनन् । ती वृद्ध जोडीको चिन्ता एउटै छ, अब आफ्नो जीवनको पनि भर छैन, दुई बच्चाको हालत के होला !

यस्ता अनाथ बालबालिकाको जीवन कस्तो होला !

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन