होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु | Khabarhub Khabarhub

होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका–१ का ५० बर्षिय कोरोना सङ्क्रमित पुरुषको घरमै मृत्यु भयो । उनलाई विहीबार विहान मात्रै कोरोना सङ्क्रमण पुष्टी भएका उनको सोही दिन मृत्यु भएको हो ।

कोरोनाले ग्रसित भएपछि उनको आफन्तले परीक्षणका लागि स्वाँब लिन पहल गरेका थिए । गत आइतबार पनि काभ्रेपलाञ्चोकका दुई पुरुषको ‘होम आइसोलेशन’मै मृत्यु भयो । घरमै मृत्यु भएका दुवै पुरुष एकै वडाका हुन् ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)का अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ बर्षका दुई पुरुष रहेका छन् । ५८ बर्षिय पुरुषलाई शनिबार र अर्का २७ बर्षेलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरू भएयता होम आइसोलेशनमा मृत्यु भएको उक्त घटना जिल्लामै पहिलो हो । “होम आइसोलेशनमै मृत्यु हुनु निकै दुःखद घटना हो, होम आइसोलेशनमा रहेकाले स्वस्थ्य समस्या परे स्थानीय स्वास्थ्य शाखमार्फत तत्कालै खबर गर्नुपर्छ भन्दै आएका छौँ” केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले भने । उनका अनुसार सामान्य रुघाखोकी र ज्वरो भन्दै हेलचेक्र्याई गर्ने र स्वास्थ्य स्थिति बिग्रदै गएपछि अस्पताल आउने गर्दा कोरोना परीक्षणपछि उपचारसमेत शुरू गर्न नपाउँदै अस्पतालै मृत्यु हुने गरेका घटना पनि बढेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता काभ्रेका कुल सङ्क्रमितमध्ये ९६ दशमलब १५ प्रतिशत अर्थात् एक हजार ५५८ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । काभ्रेपलाञ्चोकमा पछिल्लो २४ घण्टामा जिल्लामा थप १५६ मा कोरोना सङ्क्रमण पुष्टी भएको छ । अघिल्लो दिन हालसम्मको सबैभन्दा बढी १४६ मा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका