अक्सिजनसहित सय शय्याको आइसोलेशन बनाउँदै प्रदेश सरकार | Khabarhub Khabarhub

अक्सिजनसहित सय शय्याको आइसोलेशन बनाउँदै प्रदेश सरकार


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– धौलागिरि अस्पतालमा कोरोना सङ्क्रमितका लागि शय्या थप्न गण्डकी प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ । सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको क्षमता बढाउन रकम निकासा गरेको जनाएको छ ।

धौलागिरि अस्पतालमा अहिले ३७ सङ्क्रमितको उपचार भइरहेको छ तर अस्पतालको आइसोलेशन क्षमता भने जम्मा २५ शय्याको छ । त्यससँगै तीन आइसीयु र दुई भेन्टिलेटर मात्रै छन् ।

जनशक्तिको अभाव खड्किरहेको सन्दर्भमा अस्पतालमा शय्या अभाव र अवस्था थप जटिल भएपछि केहीलाई पोखरा काठमाडौँ हेलिकप्टरमार्फत पठाइएको छ भने कम समस्या भएका बिरामीलाई बागलुङ नगरपालिकाले रातमाटामा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ ।

३६ शय्याको अक्सिजनसहितको रातमाटाको आइसोलेशनमा अहिले आठ सङ्क्रमित रहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

अस्पतालमा अक्सिजनसहितको थप १०० शय्या सेवा विस्तारका लागि प्रदेश सरकारले यही वैशाख २७ गते रु ६० लाख निकासा गरी अख्तियारी पठाएको सामाजिक विकास मन्त्रालयका डा रामबहादुर केसीले बताए । उनले अस्पतालमा तत्कालका लागि कोरोना नियन्त्रण गर्न उक्त रकम निकासा गरेको पत्र अस्पतालमा पठाएका थिए । पत्र प्राप्त भई कार्यान्वयनको तयारी थालेको अस्पतालले जनाएको छ ।

कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष सञ्चालक समितिको निर्णयानुसार अस्पतालमा पीसीआर परीक्षणको दायरा बढाउन, शय्या व्यवस्थापन तथा निर्माण, अक्सिजन मर्मत र जडानका लागि रु ६० लाख विनियोजन भएर अख्तियारी आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५९ बजे

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात