कोरोना र वायु प्रदूषणको अन्तर्सम्बन्ध « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

कोरोना र वायु प्रदूषणको अन्तर्सम्बन्ध



नेपालमा यही वैशाख ३० गतेसम्ममा ४ लाख ३१ हजार १९१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये ४ हजार ४६६ जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ छ ।

काठमाडौँ उपत्यका सुनसान छ । निषेधाज्ञाका कारणले सडकमा अति सीमित मात्र सवारीसाधन चलेका छन् । अति आवश्यक वस्तुको ढुवानीका, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिका, शान्ति सुरक्षा कायम गर्ने सुरक्षाकर्मीका, सञ्चारकर्मीका सवारीसाधन तथा एम्बुलेन्स र शववाहन चलेका छन् ।

बिरामीका आफन्तहरूलाई हैरान छ । अस्पतालको प्रशासनबाट नोटिस आउँछ– अस्पतालले अक्सिजन पुर्‍याउन नसकेको कारणले आफैँ व्यवस्था गर्नु, अस्पतालले थप भर्ना लिँदैन, इत्यादि ।

बिरामीका आफन्त अक्सिजन खोज्न कहाँ जाने ! यो कस्तो आपत आइलागेको !

भनसुन गर्दा बेड पाइन्थ्यो । अब त्यस्तो अवस्था पनि रहेन । कोरोना संक्रमणको पहिलो लहरमा यस्तो संकट भएको थिएन । यसपालि मलाई समस्या पर्दा कि यस्तो किन भयो ? यो प्रश्न आजभोलि हरेक भुक्तभोगीको मनमा छ ।

कतिपयले सोचेका पनि होलान्, हामीले प्रधानमन्त्रीले भनेझैँ तातोपानी, बेसारपानी र अम्बाको पातको पानी खाएकै थियौँ । वेलावेला हाछ्यौँ पनि गरेकै थियौँ । पशुपतिनाथले रक्षा गर्छन् भनेर विश्वास पनि गरेकै थियौँ । फेरि कोरोना एक श्रापको रूपमा हाम्रै परिवारमा किन आएको रहेछ यस्तो वियोग लिएर !

मानिस घरमा थुनिएको बेला प्रकृतिमा चराचुरुङ्गी, जनावर र रुखविरुवाहरू स्वच्छ वातावरणको आनन्द उठाइराखेका छन् । कौसी वा बरन्डा भएका शहरी घरका मानिसहरूले बाहिरको शुद्ध वातावरणमा केही हदसम्म रमाउन पाएका छन् ।

बेसार पानी र अम्बाको पातको पानीको बयान गर्नुको साटो भारतमा कोरोनाको दोस्रो लहर शुरू हुनासाथ नेपाल–भारत सीमानाकाहरूमा कडाइ गर्न सकेको भए, क्वारेन्टिन व्यवस्था गरेको भए, अस्पतालमा बेड र अक्सिजन उपलब्धता वृद्धि गर्न सकेको भए अहिले यति गम्भीर अवस्था उत्पन्न हुने थिएन होला ।

वातावरणसँग अनुकूलित भएर बाच्नु छ, हामीसँग यसको विकल्प छैन । यस्तो स्थिति काठमाडौँको मात्र नभएर देशभरि व्याप्त छ । भारतभरि व्याप्त छ र विश्वभर छ ।

अहिले प्राकृतिक वातावरण देख्नमा शुद्ध छ र प्रदूषणरहित छ । प्रत्यक्षरूपमा यातायात र उद्योगबाट निस्कने धुवाँ र धुलोका कणले प्रदूषण गर्ने हुँदा यी बन्द भएको बेलामा वातावरण स्वच्छ भएको छ, दृश्यतामा सुधार भएको छ ।

वायुमण्डलमा बाँकी रहेको धुलक्कण पनि हलुका वर्षाले जमिनमा झारिदिएको छ । सरसर्ति देख्दा यसो भए पनि प्रकृतिमा हामीले कहिल्यै नसोचेको प्रदूषण भइराखेको छ ।

प्रयोग भइसकेको विभिन्न खाले मास्क जताततै फालिएको छ । घरभित्रको प्रदूषणको स्रोतमा सेनिटाइजरमा प्रयोग भएका अल्कोहल थपिएको छ । ठूलो मात्रामा प्लास्टिक बालिएको छ । एउटा सानो प्लास्टिक झोला बाल्दा निस्कने धुवाँले नै धेरै किसिमको विषादीयुक्त ग्यास वातावरणमा फैलिएको हुन्छ । अहिले कोरोना संक्रमित मानिसहरूको शवसँगै ठूलो परिमाणमा प्लास्टिक जलिरहेको छ ।

कोरोना संक्रमितको शव प्लाष्टिकमा बेरिएको हुन्छ । यसबारे हामीले पहिले कहिल्यै सोचेका थिएनौँ । अहिले सोचेका भए पनि उचित विकल्प दिनसक्ने अवस्थामा छैनौँ ।

अहिले देशभरको स्थिति कहालीलाग्दो छ । यस माहामारीको कारणले मानिसहरूले आफन्त गुमाइराखेका छन् । नागरिकको हितमा काम गर्न चुनेर पठाएका हाम्रा प्रतिनिधिहरू र खबरदारी गर्ने राजनीतिक दलहरू घिनलाग्दो गरी सत्ताको खेलामा सामेल छन् । यता नागरिकहरू अक्सिजनको अभावमा भकाभक मरिराखेका छन् ।

सामान्यतया अहिले वातावरणमा प्रदूषण कम छ । कोरोनाको त्रासमा मानिसले यस शुद्ध वातावरणको आनन्द लिन भने पाएका छैनन् । दृश्यता राम्रो चाहिने हवाईजहाज उड्न पाएका छैनन् । बाहिरको शुद्ध वातावरण हेर्दै घरभित्र रहन बाध्य छन् शहरका बासिन्दाहरू ।

मानिस घरमा थुनिएको बेला प्रकृतिमा चराचुरुङ्गी, जनावर र रुखविरुवाहरू स्वच्छ वातावरणको आनन्द उठाइराखेका छन् । कौसी वा बरन्डा भएका शहरी घरका मानिसहरूले बाहिरको शुद्ध वातावरणमा केही हदसम्म रमाउन पाएका छन् ।

त्यस्तो सुविधा नभएका परिवारले कोठाभित्रै बिताउनुपरेको छ । हाम्रा घरभित्र पनि बाहिरको जस्तै वायु प्रदूषण हुन्छ । बाहिर वायु प्रदूषण छैन त्यसैले हामीले त्यसको असर भोग्नु पदैन भन्ने हुँदैन । घरभित्र आफ्नै किसिमको प्रदूषण हुन्छ ।

कोरोना भाइरसको त्रासले झ्यालढोका बन्द गरेर बस्दा हामी घरभित्रको प्रदूषणको सिकार भइराखेका हुन्छौँ । प्रदूषण घरभित्रको होओस् वा बाहिरको, यसले यस महामारीको समयमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्छ । हृदयघात, उच्च रक्तचाप, चिनीरोग भनिने मधुमेह आदि समस्या भएका व्यक्तिहरूलाई कोरोनाको संक्रमण भएमा मुत्यु हुने सम्भावना धेरै हुन्छ ।

हावोर्ड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार धेरै वर्ष दूषित वायुमा रहेका मानिसहरूमा कोरोनाले ११ प्रतिशत बढी मृत्यु गराएको देखिएको छ । यस्तै अर्को अध्ययनले पनि यस्ता मानिसहरूमा ९ प्रतिशत मृत्युदर बढेको देखाएको छ ।

सवारीसाधनको प्रदूषणले प्रभावित समुदायमा कोरोनाले मृत्यु धेरै रहेको पाइएको छ । सवारीसाधनबाट निस्कने नाइट्रोजन डाइअक्साइडको कारणले संक्रमितको मृत्युको सम्भावना बढी देखिएको हो ।

इटालीमा र बेलायतमा गरिएको अध्ययनले यही कुरा पुष्टि गर्छ । कोरोनाको संक्रमण दूषित वातावरणमा बढी फैलिएको थियो । यसबाहेक अन्य थुप्रै अध्ययनहरूले वायु प्रदूषण बढी भएको ठाउँमा कोरानाको संक्रमण बढी देखाएका छन् ।

अहिलेको स्थितिमा कोरोना संक्रमण रोक्न निषेधाज्ञा पूर्णरूपमा पालना गरौँ । मास्कको उचित प्रयोग गरौँ । सेनिटाइजर प्रयोग गरौँ । साबुनपानीले बारम्बार हात धोऔँ । अरूलाई भेट्नुपर्दा स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार दूरी कायम गरौँ । घरभित्र प्रदूषण घटाऔँ ।

नेपालमा यस्तो किसिमका अध्ययन भएको छैन । तैपनि उल्लिखित अध्ययनहरूको निष्कर्षझैँ कोरोना संक्रमण बढी फैलिनुमा वायु प्रदूषणसँग प्रत्यक्ष सम्बन्ध छ । फोहरले कोरोनाको संक्रमण बढाउँछ ।

अहिले देशभरको स्थिति कहालीलाग्दो छ । यस माहामारीको कारणले मानिसहरूले आफन्त गुमाइराखेका छन् । नागरिकको हितमा काम गर्न चुनेर पठाएका हाम्रा प्रतिनिधिहरू र खबरदारी गर्ने राजनीतिक दलहरू घिनलाग्दो गरी सत्ताको खेलामा सामेल छन् । यता नागरिकहरू अक्सिजनको अभावमा भकाभक मरिराखेका छन् ।

संक्रमण र मृत्यु ह्वात्तै बढेपछि बेसारपानी, तातोपानी र अम्बाको पातको पानीको बयान केही मत्थर भएको छ । कसो भारतमा जस्तो गाईको गोबर शरीरभरी दलेर बसेमा कोरोना लाग्दैन भनेनन् ।

हाम्रो सरकार कोरोना व्यवस्थापनमा धेरै ठाउँमा चुकेको छ । हामी भगवान भरोसे स्थितिमा आइपुगेका छौँ । जतिसुकै ठूलो संकट भए पनि सामना गर्नुको विकल्प छैन । हामी आफ्नो आत्मबल उच्च राखौँ र एक अर्कालाई सहयोग गरौँ । यो संकट अस्थायी हो । पक्कै पनि चाँडै अन्त्य हुनेछ र सुनौलो बिहानी शुरू हुनेछ ।

अहिलेको स्थितिमा कोरोना संक्रमण रोक्न निषेधाज्ञा पूर्णरूपमा पालना गरौँ । मास्कको उचित प्रयोग गरौँ । सेनिटाइजर प्रयोग गरौँ । साबुनपानीले बारम्बार हात धोऔँ । अरूलाई भेट्नुपर्दा स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार दूरी कायम गरौँ । घरभित्र प्रदूषण घटाऔँ ।

(लेखक आईसेट नेपालमा वातावरण, जलवायु र विपदसम्बन्धी अनुसन्धाता हुन् ।)


भर्खर

0