फिल्मकर्मी किशोर र छिरिङद्वारा रोग उपचार केन्द्र सञ्चालन | Khabarhub Khabarhub

फिल्मकर्मी किशोर र छिरिङद्वारा रोग उपचार केन्द्र सञ्चालन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्माता, निर्देशक, छायांकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तलामा नाक, कान घाँटी रोग उपचार केन्द्र(नेशनल इनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् ।

नाक, कान, घाँटी विशेषज्ञहरुसँगको सहकार्यमा उनीहरुले केन्द्र सञ्चालनमा ल्याएका हुन् । नयाँवर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घांटी स्वास्थ्य परामर्श शिविर आयोजना गरेको छ । फिल्मकर्मी ढकालका अनुसार बुधबार शुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ ।

केन्द्रमा नाक, कान, घाँटी विशेषज्ञहरु डा. दीपेन्द्र श्रेष्ठ, डा. रेश्की देव, डा. सबिना श्रेष्ठ, डा. राजेश देव र डा. जयनेन्द्र प्रधानाङग तथा अडियोलोजिस्ट विद्वान भुषाल र भागिमान विष्टको सहकार्य छ ।

केन्द्रमा नाक, कान र घाँटी सम्बन्धी सबै समस्याको परीक्षण तथा शल्यक्रियालगायतका परीक्षण हुने केन्द्रले जनाएको छ ।

सयौं फिल्म छायांकनका साथ थुपै्र फिल्म निर्देशन गर्दै आएका फिल्मकर्मी ढकालले स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवा गर्ने उद्देश्यले सो उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : २० बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती