पर्यटन प्रवर्द्धन गर्न 'इन्फिल्ड पोकर रन' सञ्चालन | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्न ‘इन्फिल्ड पोकर रन’ सञ्चालन


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम आयोजना गरेको छ ।

नेपालमा सन् २००९ मा नेपालमा शुरू भएको उक्त कार्यक्रम गत वर्ष कोरोना महामारी कारण स्थगित भएको थियो ।

नेपाली नयाँ वर्षको पुर्व सन्धयामा आयोजना गरिएको उक्त कार्यक्रमको सोमबार नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले फल्याग अफ गरी शुभारम्भ गरे । फोकर रन काठमाडौँबाट पोखरासम्म हुनेछ ।

कार्यक्रममा बोल्दै डा. रेग्मीले कोभिडको कारण पर्यटन क्षेत्र प्रभावित भएपनि स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक पर्यटन चलायमान बनाउनु पर्ने बताए ।

उनले यस प्रकारका कार्यक्रमले पर्यटन व्यवसायमा उत्साह थप्नुकासाथै आन्तरिक पर्यटन चलायमान हुने बताए । “कोभिडको कारण अहिलेको परिस्थतीमा अन्तराष्ट्रिय पर्यटक आगमन कम हुनेहुँदा हामीले कुनै न कुनै रुपमा यस्ता कार्यक्रम गरेर कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन आवश्यक छ” उनले भने ।

वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाण्डे काजीले पोकर रन जस्ता कार्यक्रमले युवाहरुलाई आर्कषित गरेको र यस प्रकारका कार्यक्रमले कोभिडको कारण थलिएको पर्यटन प्रर्वद्धन सहयोग पुग्ने बताए ।

आयोजक स्याक्रड समिट्सका अध्यक्ष रवि थापाले नेपाल मोटरसाइकल पर्यटनका रुपमा समेत विकास हुदै गईरहको सन्र्दभमा पोकर रनले पर्यटनको नयाँ प्रडक्ट विकास गरेको जानकार दिए ।

थापाका अनुसार अघिल्ला वर्षमा विदेशबाट पनि यात्रुहरु सहभागी भएपनि कोरोना संक्रमणको जोखिमका कारण सरकारले ठूलो भेला नगर्न भनेकाले यस वर्ष १ सय ५० जनालाई मात्र सहभागी गराइएको छ । फोकर रनमा गतवर्ष ४ सय जनासम्म सहभागी भएको थापाले जानकारी दिए ।

‘मोटरसाइकलमा लामो यात्रा गर्न रुचाउनेका लागि ‘पोकर रन’ सबैभन्दा उत्कृष्ट कार्यक्रम हो थापाले भने, मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउनेका लागि यो कार्यक्रम निकै राम्रो छ । विश्वका अन्य देशहरूमा पनि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना हुन्छ । कोभिडले थलिएको पर्यटनलाई यसले थोरै भएपनि चलायमान बनाउने छ ।’

यात्रुहरू सोमबार बिहान काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेका छन । साँझ पोखरामा नयाँ वर्षको सांस्कृतिक कार्यक्रम गरी दुई दिन पछि काठमाण्डौं फर्किन आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ५७ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार