पिउने पानीको आयातमा प्रतिबन्ध लगाउन सिफारिस | Khabarhub Khabarhub

पिउने पानीको आयातमा प्रतिबन्ध लगाउन सिफारिस


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पिउने पानीको आयातमा पूर्ण प्रतिबन्ध लगाउन संसदीय उपसमितिले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितले तयार पारेको प्रतिवेदनमा विदेशबाट हुने पिउने पानीको आयातमा पूर्ण रोक लगाउन निर्देशन दिन सिफारिस गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट अनुमोदन भइसकेको समिति बिमलप्रसाद श्रीवास्तबले जानकारी दिए ।

स्वदेशमै उच्च गुणस्तरको पानी उत्पादन हुने र आयात हुने गुणस्तरको पानी नेपालमै उत्पादनको वातावरण बनाउन यस्तो प्रतिबन्ध आवश्यक देखिएको अध्ययन उपसमितिका संयोजक प्रकाश रसाईली (स्नेही) को भनाइ छ ।

नेपालमा विदेशबाट बोतलको पानी आयत हुने गरेको अध्ययनमा क्रममा भेटिएको उनले बताए । नेपालमै हिमनदी, प्राकृतिक स्रोत, खनिज स्रोत लगायतबाट उत्पादन हुने पानी उपलब्ध रहेकाले पिउने पानी आयात गर्नु बाञ्छनीय नभएको समितिको प्रतिवेदनमा भनिएको छ ।

नेपालका पानी उत्पादकहरुलाई विदेशमा पिउने पानी निर्यात गर्न सहजीकरण गर्न पनि उपसमितिले सरकारलाई भनेको छ । विदेशमा पानी निर्यात गर्दा उत्पादन, भण्डारण र आपूर्ति प्रक्रियाको आईएसओ सर्टिफिकेट लिएर मात्रै गर्नुपर्ने पनि उपसमितिले भनेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा अमेरिका र यूरोपेलीसहितका मुलुकबाट २३ लाख रुपैयाँ भन्दा बढीको झण्डै ३५ हजार लिटर पिउने पानी आयात भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : ४५ बजे

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई