अमेरिकी दूतावासद्वारा ७ प्रकारका भिसा जारी गर्न सुरु | Khabarhub Khabarhub

अमेरिकी दूतावासद्वारा ७ प्रकारका भिसा जारी गर्न सुरु


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित अमेरिकी दूतावासले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ ।

दूतावासले भिजिटर भिसा बीवान/बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान/डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका अन्य गैरआप्रवासी भिसा जारी गर्न शुरु गरेको जनाएको हो ।

यसैगरी सीमित संख्यामा कामदार भिसा एच र एलका लागि समेत भिसा ‘अप्वाइन्टमेन्ट’ दिन थालेको दूतावासले जनाएको छ ।

विद्यार्थी भिसा आवेदकका लागि विगतमा कोरोना महामारीका कारण शीघ्र अप्वाइन्टमेन्टको व्यवस्था खारेज गरिएकोमा अहिले उक्त व्यवस्था पुन लागू गरेको छ।

यो पनि पढौँ

नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे–एलेनसँग भिसा सुचारुका  विषयमा गरिएको कुराकानी :

अमेरिकी दूतावासले क्रमशः भिसा सेवा बढाउँदैछ

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : २० बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै