हिरोका 'एक्स्ट्रिम १६० आर' र 'हंक १५० आर' मोटरसाइकल नेपाली बजारमा, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

हिरोका ‘एक्स्ट्रिम १६० आर’ र ‘हंक १५० आर’ मोटरसाइकल नेपाली बजारमा, यस्ता छन् विशेषता


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिरो मोटरसाइकलका दुई नयाँ उत्पादन नेपाली बजारमा ल्याइएको छ ।

युवा, प्रीमियम र प्राविधिक रूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिवद्धताका आधारमा हिरो मोटोकर्पले आज नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकल ल्याएको हो ।

कम्पनीले हिरो एक्स्ट्रिम १६० आर र हिरो हंक १५० आर नेपाली बजारमा ल्याएको हो ।

लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हिरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने जनाइएको छ ।

एक्स्ट्रिम १६० आर, एक नयाँ–हंक १५० आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको जनाइएको छ ।

दुवै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ ।

एक्स्ट्रिम १६० आरको रु ३,३९,०००/८ (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क) मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर रु २,७९,५००/– (सिंगल च्यानल एबीएसको साथ डबल डिस्क) को मूल्यमा मूल्य
८(सबै मूल्य शोरूमको मूल्य) उपलब्ध हुने जनाइएको छ ।

यी दुवै मोडल नेपाली बजारमा ल्याइएको अवसरमा टिप्पणी गर्दै, हिरोमोटोकर्पका ग्लोबल बिजÞनेसका प्रमुख संजय भानले भने, ‘विश्वभरका ग्राहकहरूका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । यी दुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवैै उत्पादन मन पराउने गर्नेछन भन्नेमा हामी विश्वस्त छौं ।

एक्सट्रिम १६० आरले थुप्रै विश्व बजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५०आर विशेष रूपमा केही विशेष फस्र्ट–इन–क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।’

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

नेपालमा उपलब्ध हिरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर+, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेका छन् ।

हिरो एक्स्ट्रिम १६० आर

तीव्र गति

स्पोर्टिनेस र वास्तविक–विश्व प्रदर्शनको लागि मानक तय गर्दै नयाँ एक्स्ट्रिम १६० आर, १६० सीसी एयर कुल्ड बीएस–सिक्स मापदण्डको इन्जिनको साथ आउँदछ । जुन एक्ससेन्स प्रविधि र उन्नत प्रोग्राम्ड–फ्युल–इन्जेक्सनद्वारा सञ्चालित छ । यो ईन्जिनले १५ बीएचपी ८५०० आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ । तीव्र गतिका वर्गमा ‘द्रूत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०–६० किमी/प्रतिघण्टाको गति प्रदान गर्दै यो मोटरसाइकल यस वर्गकै ‘पावर–टु–वेट–रेसियो’मा उत्कृष्ठमध्येको एक बनेको छ ।

असाधारण ह्यान्डलिङ

नयाँ एक्स्ट्रिम १६० आरमा सडकका लागि ईन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । हल्का सशक्त डायमण्ड फ्रेम सेटअपले सडकहरूमा असाधारण ह्यान्डलिङ प्रदान गर्दछ, जसले यसलाई सोही समयमा ‘कर्नर ह्याप्पी’ मेसिन बनाउँदछ ।

३७ मिमी टेलिस्कोपिक फ्रन्ट फोर्क्स र सात तहको समायोजनयोग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्ती/स्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ ।

२७६ मिमि फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ मिमि ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

फर्स्ट–इन–सेगमेन्ट विशेषता

नयाँ एक्सट्रिम १६० आर ‘फस्र्ट–इन–सेगमेन्ट’मा सबै एलईडी प्याकेजको साथ आवद्ध तुल्याइएको छ, अगाडि एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्पदेखि, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटरहरू र पछाडि एच सिंग्नेचरयुक्त एलईडी टेल लैम्पसम्म यसमा सामेल छन् । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड ईन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा उन्नत र सुरक्षित दुवै छ भन्ने कुरा सुनिश्चित गर्दछ ।

हेड टर्नर पर्ल सिल्भर व्हाइट, भाइब्रन्ट ब्लू, स्पोर्टस् रेडका तीन जीवन्त रंग संयोजनमा उपलब्ध छ ।

हिरो हंक १५० आर

उत्कृष्ट सवारी र ह्यान्डलिङ

१४९ सीसीको एयर–कूल्ड इन्जिनबाट सुसज्जित, हंक १५० आरको कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ ।

वास्तविक विश्वको पर्फमेन्स प्रदान गर्ने उद्देश्यले, सबै नयाँ हंक १५० आरमा हल्का सशक्त डायमण्ड ट्यूबलर फ्रेम प्रदान गर्दछ जसले कुनामा र सिधा सडकहरूमा सटीक ह्यान्डलिङ र स्थिरता प्रदान गर्दछ । १३०/ ७० एमएम रेडियल रियर टायरको साथ जोडी बनाइ आवद्ध तुल्याइएको गरिएको हंक १५० आर सबै प्रकारका सडक र सवारी सञ्चालन परिस्थितिमा उत्कृष्ट सडक पकड (रोड ग्रिप) प्रदान गर्दछ ।

राइडिङ ट्रांयगललाई चुस्तता, स्थिरता र सुविधाको उत्तम सन्तुलन प्रदान गर्नेगरि सामायोजित गरिएको छ । मोटरसाइकलले वर्गकै पहिलो (फस्र्ट इन क्याटागोरी) अन्तर्गत, उत्कृष्ट ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको समायोजनयोग्य मोनो–शक सस्पेन्सन पनि राखिएको छ । फराकिलो ३७ मिलिमिटरको बिफी फ्रान्ट फोक्र्सले एक स्थिर र भव्य राइडिङ सुनिश्चित गर्दछ ।

विशेषताहरु

मोटरसाइकलले धेरै सुरक्षाजन्य विशेषताहरूलाई समेटेको छ र वर्गकै पहिलो (फस्र्ट इन क्याटोगोरी) अन्तर्गत सुरक्षित वैकल्पिक सिंगल–च्यानल एबीएसबाट सुसज्जित छ । जसले सुरक्षित बे्रकिगको सुनश्चिता गर्दछ । नयाँ एलोय व्हील डिजाइन, २७६ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक सबै किसिमका राइडिङ अवस्थाहरूमा कुशलता र तत्काल पावर रोक्नको लागि मानक विशेषताका रूपमा आएका छन् ।

उपयोगमा सहजता पहुँच प्रदान गर्नका डिजाइन गरिएको, मोटरसाइकलमा स्पोर्टी डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डरसमेत रहेको छ । सेल्फ स्टार्ट बटन मानकको रूपमा आउँछ भने थप सुविधाका लागि ईन्जिन किल स्विच रहेको छ ।

डायनामाइक डिजाइन र स्टाइल

हंक १५ आरको आक्रामक आवारण र मस्कुलर ईन्धन ट्यांकको सानले राइडिङको व्याख्यान दिन्छ । यसको स्ट्राइकिङ अपिलमा थप्नको लागि चिसेल्ड रियर काउल, वल्फ आइ एलईडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलईडी लाइट गाईडसहित एलईडी टेललाईटले अन्धकारमा समेत पहिचान गर्न सजिलो बनाउँदछ ।

स्पोर्टी डाइनामिक ग्राफिक्सले एउटा अतुलनीय शैली प्रदान गर्ने डिजाइन लाइनहरूलाइ सक्रिय बताउाछ । हंक १५० आर तीन रंगमा उपलब्ध छ – एनएच १ ब्लाक, स्पोट्स रेड र टेक्नो ब्लू ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : १४ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको