हिमालयन बैंकद्वारा ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग | Khabarhub Khabarhub

हिमालयन बैंकद्वारा ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खप्तड छेडेदह गाउँपालिकाका विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैँकले गत फागुन २८ गते आयोजित एक समारोह बीच त्यहाँ सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको “एक घर एक बैंक खाता” अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको थियो । सो कार्यक्रममा नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका निर्देशक श्री शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत श्री मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख श्री सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख श्री किरण रिजाल र गाउँपालिकाका अध्यक्ष श्री नरबहादुर रावतको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप त्यहाँका सामुदायिक विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए ।

त्यसैगरी कार्यक्रमका सभापति तथा गाउँपालिकाका अध्यक्ष रावतले बैंकको सहकार्य र सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : ५५ बजे

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ