'नेकपा एमाले एकता' अभियानमा जुटे बामदेव गौतम   | Khabarhub Khabarhub

‘नेकपा एमाले एकता’ अभियानमा जुटे बामदेव गौतम  


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता बामदेव गौतम ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ कै नाममा एमालेलाई एकता गर्ने अभियानमा जुटेका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले व्यूँताएपछि एमालेमै फर्किएको जनाएका गौतम शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट छन् ।

गौतमले शनिबार ‘राष्ट्रिय एकता अभियान’ को आकस्मिक बैठक राख्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन्।

अभियानका तर्फबाट सचिव बाबुराम थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दछौँ ।’

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको