अनसनरत विद्यार्थीका माग पूरा गर्न वरिष्ठ नेता पौडेलको आग्रह  | Khabarhub Khabarhub

अनसनरत विद्यार्थीका माग पूरा गर्न वरिष्ठ नेता पौडेलको आग्रह 


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय प्राङ्गणमा अनसनरत विद्यार्थीहरुका माग पूरा गर्न आग्रह गरेका छन् ।

आइतबार अनसनरत विद्यार्थीलाई भेट्दै वरिष्ठ नेता पौडेलले उनीहरुमा मागहरु सुनुवाई हुनुपर्ने बताएका हुन ।

लोकतन्त्रलाई बचाउन स्वीयूको चुनाव गराउनुपर्ने लगायतका विद्यार्थीका माग पूरा हुनुपर्ने  वरिष्ठ नेता पौडेलले धारणा राखेको  नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष डा. श्यामचन्द्र अधिकारीले जानकारी दिए ।

लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविमा भइरहेको कम्युनस्टकरण बन्द गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना प्रक्रिया सुरु गरिनुपर्ने र परीक्षाको नतिजा १ महिनाभित्रै प्रकाशनको सुनिश्चितता हुनुपर्ने लगायतका माग राख्दै विगत १२ दिनदेखि नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरु अनसन बसेका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ०१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा