दाहाल-नेपाल पक्षले भन्यो : नेकपा विवाद समाधान नभई कसरी हुन्छ चुनाव ? (भिडियोसहित) | Khabarhub Khabarhub

दाहाल-नेपाल पक्षले भन्यो : नेकपा विवाद समाधान नभई कसरी हुन्छ चुनाव ? (भिडियोसहित)


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले दिएको पार्टीको आधिकारिकता सम्बन्धी निवेदनमा अध्ययन भइरहेको बताउँदै चाँडै निर्णयमा पुग्ने जनाएको छ ।

आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले दलका नेताहरुसँग गरेको छलफलमा आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दाहाल–नेपाल समूहको प्राप्त निवदेनको अध्ययन भइरहेको जानकारी दिएका हुन् ।

छलफलका क्रममा नेकपा दाहाल–नेपाल पक्षका नेताहरुले दलको विवाद नमिलाएर कसरी निर्वाचन हुन्छ भन्दै आयोगलाई प्रश्न गरेका थिए । उनीहरुले नेकपा विवाद हल नै नभएको अवस्थामाा आयोगले निर्वाचन गर्न नसक्ने बताए ।

छलफलमा सहभागी दाहाल-नेपाल पक्षका नेता लीलामणि पोखरेलले ६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी निर्वाचन गर्न नसकिने बताएको जानकारी दिए ।

हेरौँ भिडियो

‘यो निर्वाचनको आचारसंहिता त बनाउनुभयो, विवाद हल नगरी निर्वाचन अघि हुन सक्दैन, हामीलाई लागेको छ ‘, उनले भने’, ‘निर्वाचन आयोगले दुबै पक्षका दाबीलाई मान्यता नदिई पार्टी स्थापना गर्दाको ४४१ को संख्यालाई मान्यता दिन्छौं भन्ने पत्रपछि हामीले दल सम्बन्धी ऐनको दफा ४३ र ४४ लाई आधार मानेर आफ्नो दाबी प्रस्तुत गरेका हौँ त्यसको निर्णय अझै आएको छैन निर्वाचन कसरी सम्भव हुन्छ ?,’

नेता पोखरेलले दलसम्बन्धी विवादबारे परेको निवेदनको विषयमा छिटो टुङ्गो लगाउनुपर्ने धारणा राखेका थिए । छलफलमा अन्य दलका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा नेकपाको नेतृत्व प्रधानमन्त्री ओली तथा अर्को कित्ताको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

दुबै पक्षले आफूलाई आधिकारिक दाबी गरे पनि कुनचाहिँ आधिकारिक नेकपा हो भन्ने निर्णय निर्वाचन आयोगले दिन सकेको छैन ।

सरकारले तोकेको मितिमा निर्वाचन गर्ने तयारी स्वरुप आयोगले आइतबार आचारसंहितका बारेमा दलका प्रतिनिधिहरुसँग छलफल गरेको हो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुनेगरी चुनाव घोषणा गरेको छ ।

आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ । आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ४८ बजे

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा