गरिब र असहायलाई नीलडेभिडको छात्रवृत्ति | Khabarhub Khabarhub

गरिब र असहायलाई नीलडेभिडको छात्रवृत्ति


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले गरिब तथा असहाय बालबालिकालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रणय दिवसको अवसर पारेर काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याइएको नीलडेभिड्स लाउञ्जको उद्घाटनमा उनले आइतबारदेखि आफ्नो सैलुनमा केस कटिङ तथा सौन्दर्य सम्बन्धी प्रत्येक कार्यबाट संकलन भएको शुल्कमा कम्तीमा दश रुपैयाँदेखि बढीमा पचास रुपैयाँसम्म रकम छुट्याउने घोषणा गरे ।

‘छुट्याइएको रकमबाट गरिबीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाको शिक्षामा लगानी गरिने छ’, कटवालले भने । उनले सन् २०२२ देखि नीलडेभिड्स फाउण्डेसनमार्फत अभियानलाई देशव्यापी बनाइने बताए ।

लाउञ्जको माइती नेपालकी अध्यक्ष तथा ‘सीएनएन हिरो’ अनुराधा कोइराला, अभिनेत्री सरिता लामिछाने, गायिका इन्दिरा जोशी, सञ्चारकर्मी तथा पूर्व ‘मिस नेपाल’ सुगरिका केसी तथा सञ्चारकर्मी सोनिका रोकायाले शुभारम्भ गरे ।

अध्यक्ष कोइरालाले कपाल काटेको शुल्कबाट १०–१० रुपैयाँ संकलन गरी गरिब बालबालिकालाई पढाउने योजना उदाहरणीय रहेको बताइन् ।

नीलडेभिडले नेपालमै पहिलो पटक नङको सजावटलाई प्राथमिकता दिँदै यो लाउञ्ज सलून स्थापना गरेका हुन् । यसमा हेयर स्टाइलिसका लागि एपोन्टमेन्ट लिएर प्राइभेट लाउञ्ज नै बुक गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ३५ बजे

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति